११२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

११२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११२ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ९३ कोरोना संक्रमितको आईसीयूमा र १९ को भेन्टिलेटरमा गरी कुल ११२ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ९ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ५८ जना आईसीयूमा र १५ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा १२ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १० जना आईसीयूमा उपचाररत छन् ।

सुदुरपश्चिममा ३ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १० : ०० बजे

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।