शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा « Khabarhub

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ ।

पुस २१ गते बुधबार बनेपा–६ को गोदाम चोकमा आफ्नो नयाँँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि हिजो बालाजु, नयाँँ बसपार्कको बिजी मलमा पनि आफ्नो नयाँँ स्टोर खोलेको हो ।

शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्देश्य पूरा गर्न नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना ल्याएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर श्री सौरभ कोठारी नयाँँ स्टोरहरु खुलेपछि ग्राहकहरुलाई किनमेल गर्न थप सजिलो हुने बताए ।

उनले भने, ‘हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पूरा हुनेछ । हामीलाई आशा छ हाम्रा ग्राहकहरु हाम्रो यी नयाँँ स्टोरहरुमा आउनुहुनेछ र हाम्रो नयाँँ–नयाँँ उत्पादनहरु मन पराउनुहुनेछ ।’

यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउने कम्पनीको अपेक्षा छ ।

नयाँँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुने शाओमीले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ५ : ४३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया