नेप्सेमा उच्च अंकको वृद्धि « Khabarhub

नेप्सेमा उच्च अंकको वृद्धि


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४९.१९ अंकले वृद्धि भई दुई हजार ८३४.१३ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.३४ अंकले बढेर ५२८.८७ मा पुगेको छ । कारोबार भएकामध्ये आज १७० कम्पनीको शेयर उकालो लागेको छ भने १९ कम्पनीको शेयर ओरालो लाग्दा एक कम्पनीको शेयर मूल्यमा भने कुनै उतारचढाव आएन ।

कूल एक करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर रु ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ मूल्यमा खरिद बिक्री भए । मंगलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब तीन अर्ब ७६ करोड ५८ लाख ४२ हजार २७ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज पनि अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ८३ लाख २२ हजार ६९५ बराबरको कारोबार भयो ।

यस्तै, गुर्खाज फाइनान्स रु १६ करोड २६ करोड ७२ लाख ६२४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ६४ लाख तीन हजार ७७९, नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड ८२ लाख ५२ हजार ५६५ र नेपाल पुनरबीमा कम्पनी रु ११ करोड ५९ लाख २३ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

पाँच कम्पनीको शेयरमा सर्किट
नेप्सेका अनुसार आज विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिभिल लघुवित्त ९.९२ र न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९.७९ प्रतिशतले कमाए ।

यसैगरी, माउण्टेन इनर्जी नेपाल ३.५२, नेपाल एसबिआई बैंक २.०१, शिवम् सिमेन्ट १.४९ र एनएमबी ५० का लगानीकर्ताले १.३१ र रुरु जलविद्युत् परियोजनाका शेयरधनीले १.२५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ५ : ५० बजे

चितवन १ मा रास्वपाका हरि ढकाल तेस्रो, एमालेका दावा दोर्जेलाई दोब्बर मतको अग्रता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर पकड बनाउँदा चितवन क्षेत्र नम्बर

ऋषिलाई पत्याएनन् मतदाताले, घण्टीले २ हजार कटाउँदा, मोबाइलमा ९ मत

काठमाडौं- चर्चित पत्रकार ऋषि धमला फिल्म निर्माणपछि राजनीतिमा पनि फ्लप

काठमाडौं-४ मा ४ हजार ६१६ मतसहित रास्वपाका पुकार बमको अग्रता

काठमाडौं– काठमाडौं–४ मा जारी प्रतिनिधिसभाको मत गणनाको अहिलेसम्मको परिणाम अनुसार

झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

झापा– झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी

जुम्लामा राप्रपाका ज्ञानेन्द्रले अग्रता बनाउँदा रास्वपाकी बिनितालाई २ मत

काठमाडौं- एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रारम्भिक नतिजा