एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे निर्वाचित « Khabarhub

एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे निर्वाचित


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे निर्वाचित भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट गैह्रेको अध्यक्षतामा नयाँ कमिटी बनेको हो । निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई पराजित गरी गैरे एमालेको जिल्ला अध्यक्ष बने ।

फागुन २३ को सर्वोच्चको फैसलासँगै माओवादी केन्द्रबाट एमाले छिरेका गैरे अध्यक्ष निर्वाचित हुँदा पराजित भएका मरासिनी प्रतिनिधिसभा सांसद हुन् ।

गैरेले ४ सय ४० मत ल्याउँदा मरासिनीले २ सय ५७ मत मात्रै पाए । उपाध्यक्षमा कृष्ण खाँण निर्विरोध चयन भए भने सचिवमा राजेन्द्र डुम्रे निर्वाचित भए । उपसचिवमा विश्व पौडेल र तारा शर्मा विजयी भएको एमाले स्याङ्जाले जनाएको छ । पौडेल मरासिनी प्यानलबाट निर्वाचित भएका हुन् भने अरू सबै गैरेको प्यानलबाट चुनाव लडेका थिए ।

गैरेलाई केन्द्रीय सचिव पद्मा अर्यालको समर्थन थियो । मरासिनीलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले समर्थन गरेका थिए । माओवादीबाट वैद्य समूहसँगै निस्किएका गैरे पुनः माओवादीमै फर्किएर रामबहादुर थापा बादलसँग एमालेमा मिसिएका हुन् ।

मरासिनी सुरुदेखि नै एमालेमा थिए ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : ५० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य