पोखरामा जलपंक्षीको गणना थालियो « Khabarhub

पोखरामा जलपंक्षीको गणना थालियो


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा उपत्यकामा मंगलबारदेखि जलपंक्षी गणना सुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना पोखरा उपत्यकामा रहेका तालहरुबाट सुरु गरिएको हो । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ ।

प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा जलपंक्षी गणना गरिन्छ । गणनामा पंक्षी अवलोकन कर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ, संस्थाको सहभागिता छ ।

सिमसारमा आश्रित पानी चराहरूको अवस्था पत्ता लगाउन, संख्या अध्यावधिक गर्न र संरक्षणमा स्थानीय समुदायलाई सहभागी गराउन गणना सुरु गरिएको गण्डकीको वन मन्त्रालयले जनाएको छ ।

पहिलो दिन बिजयपुर खोला, कमलपोखरी, गुँदे ताल, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा तथा दोस्रो दिन फेवातालमा जलपंछी गणना गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधी मनशान्त घिमिरेले जानकारी दिए ।

हाल सम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिएपनि बर्षै भरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिएको उनको भनाइ छ ।

‘पोखरा पानी चराका लागि उपयुक्त मौसम र भुगोल छ । यहाँ चराहरु रमाउन सक्छन्,’ उनले भने, ‘विस्तारै मानवीय गतिविधिले जलकुण्डहरु हराएका छन् । चराहरु पनि घट्दै गएका छन् ।’ पोखरामा रैथाने पन्छीसँगै वर्षेनी घुमन्ते पंक्षीहरु समेत विचरण गर्ने गर्छन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : १५ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध