पृथ्वीनारायण शाहका दिव्योदेश छिमेकी मुलुकले आत्मसाथ गरेका छन् : डा. अहिराज « Khabarhub

पृथ्वीनारायण शाहका दिव्योदेश छिमेकी मुलुकले आत्मसाथ गरेका छन् : डा. अहिराज


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– प्रदेश २ का पूर्व प्रदेश प्रमुख डा राजेश अहिराजले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका दिव्योपदेश छिमेकी मुलुकहरुले आत्मसाथ गरेको बताएका छन् । मंगलबार ३००औँ पृथ्वी जयन्तीका अवसरमा बर्दियाको गुलरियामा राखिएको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्दै उनले छिमेकी मुलुकले दिव्योदेश आत्मसाथ गरे पनि हाल सरकारले उनको नामसमेत लिन नचाहेको भन्दै सरकारको आलोचना गरे।

शाहका दिव्योपदेशहरु पालना गरेका छिमेकी मुलुकहरुले विकासमा गति लिन सफल भएको बताउँदै नेपाली राजनीतिक दलहरुले ती उपदेशहरु व्यवहारमा उतार्न नसक्दा देश यो हालतमा पुगेको टिप्पणी गरे।

शाहको दिव्योदेश आत्मनिर्भर अर्थतन्त्र, असंलग्न विदेश नीति, व्यापार, राज्य संचालन नीतिलगायतका विचारहरु दूरदृष्टियुक्त रहेकाले त्यसको महत्वलाई उपयोग गर्न अफ्ठ्यारो मान्न नहुने उनको जिकिर छ।

बर्दिया क्षेत्र नम्वर १ का संघीय साँसद संजयकुमार गौतमको पूर्वाधार विकास कोषको १० लाख रुपैया आर्थिक सहयोगमा पृथ्वीनारायण शाहको पित्तलको पूर्णकदको शालिक निर्माण गरिएको निर्माण समितिका सचिव देवकमल पौडेलले बताए ।

गुलरियास्थित वाईपास रोडको चोकमा निर्मित शालिक स्थापनाका लागि स्वर्गिय भारतजंग शाह र उनका भाई त्रिलोक जंगशाहले जमिन सहयोग गरेका हुन् । ठाकुरबाबा नगरपालिका निवासी स्वर्गिय प्रमोदविक्रम राणाको प्रेरणाबाट शालिक निर्माणको अभियान सुरु भएको सचिव पौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १० : ५० बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको