साढे ९ केजी चाँदीको गहनासहित एक युवक पक्राउ | Khabarhub Khabarhub

साढे ९ केजी चाँदीको गहनासहित एक युवक पक्राउ


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– ८ लाख मूल्य बराबरको चाँदीको गहनासहित जनकपुरधामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम–५ स्थित एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं। ५ शिवालयका ३० वर्षीय कुमार खातीलाई पक्राउ गरेका छन् ।

सवारी साधनहरू चेकजाँच गर्ने क्रममा प्रदेश नं १–०२–०४५ प ८२७ नम्बरको २२० सीसीको प्लसर मोटरसाइकलमा सवार रहेका खातीलाई मोटरसाइकल तथा शरीरमा खानतलासी गर्दा झोलामा चाँदीबाट बनेको ७ लाख ८३ हजार २९८ रुपैयाँबराबरको गहना र १ लाख १२ हजार ६ सय रुपैयाँ तथा ३ लाख बराबरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रहरीले ब्रास्लेट १८४ थान, वाला २५ थान, लकेट नगदार ८५ थान, लेडिज औंठी नगदार ६८ थान, हसुलीको टुक्रा पुरानो ४ थान, सिल टुक्रा ७ थान र चाँदीका बुनिया दाना १ प्याकेट बरामद गरेको छ ।

पक्राउ परेका खातीलाई आवश्यक कारवाहीको लागि जनकपुरधामस्थित भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १० : ३० बजे

३५ वर्षयता नेपालको कूटनीति : ३० मध्ये एक जना मात्रै विषय विज्ञ परराष्ट्रमन्त्री

काठमाडौं– नेपालको कूटनीति क्षेत्रको अपरिपक्वता र खेलाँची ३५ वर्षयता नियुक्त

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

एजेन्सी– निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज