फिफा वरीयतामा नेपालको दुई स्थान सुधार « Khabarhub

फिफा वरीयतामा नेपालको दुई स्थान सुधार


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व फुटबल महासंघ (फिफा) वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालले सुधार गरेको हो।

नयाँ वरीयता अनुसार समग्रमा १६७औँ स्थानमा रहेको छ। यसअघि नेपाल १६९औँ स्थानमा थियो। दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा छ। भारत र माल्दिभ्सपछि नेपाल तेस्रो स्थानमा रहेको हो।

भारत समग्रमा १०४औँ र माल्दिभ्स १५७औँ स्थानमा छन्।

बंगलादेश १८६औँ, भुटान १८५ औँ, पाकिस्तान १९७ औँ र श्रीलंका २०४औँ स्थानमा छन्। दक्षिण अफ्रिकी मुलुक मोरिसससँग दुई खेलमा विजयी भएपछि नेपालले फिफा वरीयता सुधार गरेको हो।

फिफाको पहिलो स्थानमा बेल्जियम छ भने ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, अर्जेन्टिना चौथो स्थानमा छन्।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ६ : ०६ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना