अध्ययनले भन्छ- यौन सम्पर्क गर्ने महिलाको स्मरण शक्ति बढ्छ « Khabarhub

अध्ययनले भन्छ- यौन सम्पर्क गर्ने महिलाको स्मरण शक्ति बढ्छ


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यौन हरेक उमेर पुगेका प्राणीमा आउने स्वाभाविक चाहाना हो । अन्य प्राणीमा यौन सन्तान प्राप्तिको माध्यम मात्र हुनसक्छ । तर मानिसमा भने यौन, सन्तान प्राप्ति सँगै चाहाना र शारीरिक आवश्यकता पनि हो । तथापि महिलाहरू यस बारे खुलेर कुरा गर्न लजाउँछन् ।

प्राय महिला यौनका विषयमा कुरा गर्न सङ्कोच मान्दछन् । अझ कतिपय कामकाजी र घरायसी काममा व्यस्त हुने महिला त यौन इच्छा नहुने बताउँछन् । तर एक नयाँ अध्ययन अनुसार महिलाले धेरै यौन सम्पर्क गरे स्मरण शक्ति बढ्ने देखाएको छ ।

मान्ट्रियलको म्याकगिल विश्वविद्यालयले गरेको एक रिसर्च अनुसार यौन सम्पर्कले महिलालाई शब्द याद गर्ने क्षमता बढाउँछ । अध्ययनले एक स्वस्थ युवतीको स्मरण शक्तिलाई यौन सम्पर्कले राम्रो बनाउन सहयोग गर्छ भन्ने देखाएको छ । रिसर्च टिमले विश्वविद्यालयमा अध्ययनरत युवतीहरूमा यसको प्रयोग गरेको थियो । यसका साथै १८ देखि २९ वर्ष उमेर समूहका ७८ महिलालाई शब्द तथा अनुहारमा आधारित एक कम्प्युटर कार्यक्रममा सामेल गरिएको थियो ।

जर्नल आर्काइव्स अफ सेक्सुअल बिहेवियरमा छापिएको नतिजा अनुसार शब्दको याद गर्ने क्षमतामा अधिक यौन सम्पर्कको सकारात्मक असर देखिएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ६ : ४५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले