चितवनस्थित कुखुरा फर्ममा बर्डफ्लु देखियो « Khabarhub

चितवनस्थित कुखुरा फर्ममा बर्डफ्लु देखियो


२८ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्मको कुखुरामा बर्डफ्लु पुष्टि भएको छ ।

फर्म रहेका लेयर्स कुखुरा रोगको कारण मर्न थालेपछि नमुना संकलन गरेर परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

फर्मको कुखुरा मर्न थालेपछि माघ २५ गते नमुना संकलन गरी काठमाडौँ पठाइएकोमा बिहीबार संक्रमण पुष्टि भएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरामा बर्डफ्लुको एचपाइभ एनवान संक्रमण देखिएको बताएका छन् ।

बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लु नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको सीडीयो तामाङले बताए ।

फर्ममा रहेका सबै कुखुरा नष्ट गरिने र फर्म वरिपरि १ सय मिटरभित्र रहेका कुखुरासमेत नष्ट गर्ने निर्णय भएको उनले बताएका छन् ।

फर्ममा चार हजार कुखुरा रहेकोमा दुई हजार तीन सय कुखुरा रोगका कारण मरिसकेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : ३८ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि