कतारको अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालको चिया, कफी र अलैँचीका स्टल  « Khabarhub

कतारको अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालको चिया, कफी र अलैँचीका स्टल 



दोहा – कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आयोजना गरेको ९औँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी र तेस्रो अन्तर्राष्ट्रिय पर्यावरण प्रदर्शनीमा नेपालमा उत्पादन भएको विभिन्न नेपाली स्टलहरू राखिएको छ ।

दोहास्थित नेपाली दूतावासको समन्वयमा विश्वका ५० भन्दा बढी मुलुकले सहभागिता जनाएको प्रदर्शनीमा नेपाल चिया तथा कफी विकास वोर्डबाट बिभिन्न ब्राण्डका चिया तथा कफीका स्टलहरू राखिएको हो।

नेपाल अलैँची व्यवसायी महासङ्घबाट प्राप्त अलैँची, सेन्चुरी मसलाका विभिन्न उत्पादनहरू, रसुवा नेचुरल मिनरल वाटर तथा नेचर हर्बसका उत्पादनहरू नेपाली स्टलमा राखिएको दूतावासले जनाएको छ।

प्रदर्शनीमा नेपालले पहिलो पटक सहभागिता जनाउँदै विभिन्न उत्पादनका नेपाली स्टलहरू राखिएको हो । प्रदर्शनी १४ मार्चसम्म सञ्चालन हुनेछ ।

बिहीबार यहाँका प्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजीज अल थानीले प्रदर्शनीको उद्घाटन गरेका थिए।

थानीले जलवायु परिवर्तन, दोहा प्रदर्शनी र सम्मेलन प्रदर्शनी केन्द्रको भ्रमण गर्नुका साथै कृषि, वातावरणीय दिगोपन र खाद्य सुरक्षाका क्षेत्रमा प्रयोग भएका प्रमुख आधुनिक प्रविधिका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : ५५ बजे

थोरै पानीले धेरै सिँचाइ गर्ने ‘काचाल्का’ प्रविधि

चितवन– कृषिलाई व्यावसायिक बनाइ कम लागतमा बढी उत्पादन सुनिश्चित गर्नु

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर