मदानेका ११ सय नागरिकलाई सुरक्षित आवास प्रदान | Khabarhub Khabarhub

मदानेका ११ सय नागरिकलाई सुरक्षित आवास प्रदान


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीको मदाने गाउँपालिकाका करिब एक हजार १०० नागरिकले सुरक्षित आवास पाएका छन् । खरका छाना मुक्त गरेर, एकीकृत वस्ती निर्माण, जनता आवास र भुकम्पपछिको पुर्निर्माण गरेर एक हजार ५४ परिवारले सुरक्षित आवास पाएका छन् ।

पालिका भित्रका सवै घरमा खरका छाना मुक्त गर्ने मदाने गाउँपालिकाका जनप्रतिनिधीले २० असार २०७४ मा पद बहाली हुँदा गरेको पहिलो निर्णय हो । सो अभियानले सार्थकता पाएको छ । दुई करोड ८४ लाख ३७ हजार ४२० रुपैयाको लागतमा सात वडाका कुल ७२९ घर खरका छानामुक्त भएका छन् । पूर्व मन्त्री तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण बिष्टले गाउँपालिकालाई खरका छाना मुक्त घोषणा गरेका छन् ।

गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणा गर्दै बिष्टले पानी र आगोबाट मुक्ति पाएका नागरिकको ओठको मुस्कान र आशिर्वाद नै आफूहरूको सन्तुष्टिको विषय भएकाले आधारभूत आवश्यकता परिपूर्ति गर्न तीनवटै सरकारले ध्यान दिएको बताए ।

मदाने गाउँपालिका-१ मा १४१ जनाले जस्तापाता प्राप्त गरेका छन् । वडा नम्बर २ मा १८० घर, वडा नम्बर ३ मा १४५ घर, वडा नम्बर ४ मा ३२ घरले गाउँपालिकाबाट जस्तापाता प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए । त्यस्तै गाउँपालिकाको वडा नम्बर ५ मा १०७ घर, वडा नम्बर ६ मा ५२ घर र वडा नम्बर ७ मा ७० जना गरेर कुल ७२९ घरले गाउँपालिकाबाट जस्तापाता प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।

लुम्बिनी प्रदेशमा पूर्व सांसद दिनेश पन्थीले कम श्रोत र साधनकाबीच आवास, स्वास्थ्य, शिक्षा, सडक, कृषि उद्यम, पर्यटन र खानेपानीको क्षेत्रमा कामको प्रशंसा गरे । उनले सीमित श्रोत साधन र नागरिकका असीमित आशाका कारण निराशा पनि बढ्नु स्वभाविक भएको बताए । मदाने गाउँपालिकाका प्रमुख दानबहादुर केसीले संघीयताको पहिलो कार्यान्वयन, भौगोलिक जटिलता र पूर्वाधार आशा, जनशक्ति व्यवस्थापन र कानुन निर्माणको चुनौतीका बीच गाउँपालिकालाई खरका छानामुक्त गर्न सकिएकोमा खुशी व्यक्त गरे ।

उनले स्थानीय तह एक औद्योगिक ग्राम स्थापना कार्यक्रमअन्तर्गत मदाने २ र ४ मा औद्योगिक ग्राम स्थापना, भनभने बडाचौर बृहत सिँचाइ आयोजना निर्माण, कङ्के देउराली पर्यटन पूर्वाधार विकास योजना कार्यान्वयन, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, बाख्रा विकास कार्यक्रम, खानेपानी, सडक, शिक्षा र स्वास्थमा महत्त्वपूर्ण काम गरिएको केसीले बताए ।

मदाने गाउँपालिका उपप्रमुख सरिता खड्काका अनुसार विपन्न परिवारहरुको सुरक्षित आवासको अधिकार सुनिश्चित गर्ने क्रममा गाउँपालिकाभित्र ७२९ घरमा खरका छाना विस्थापन गरिएको छ । भूकम्प र पहिरोका कारण विस्थापित ४७ घर परिवारको लागि एकीकृत वस्ती निर्माण गरिएको छ ।

त्यस्तै भूकम्प पश्चात पुनर्निर्माण भएका निजी आवासको घरधुरी संख्या १४१ रहेको खड्काले बताइन् । सुरक्षित नागरिक आवासअन्तर्गत निर्माण गरिएका घरधुरी १२८, जनता आवास कार्यक्रमअन्तर्गत सात घर निर्माण गरिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ११ : ४० बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले