भारतीय क्षेप्यास्त्र पाकिस्तानमा खस्यो « Khabarhub

भारतीय क्षेप्यास्त्र पाकिस्तानमा खस्यो


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानी सेनाले आफ्नो भूमिमा भारतीय क्षेप्यास्त्र खसेको दाबी गरेको छ । बिहीबार पाकिस्तानी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन आईएसपीआरका निर्देशक मेजर जनरल बाबर इफ्तेकारले बुधबार साँझ ‘तीब्र गतिमा उडिरहेको वस्तु’ पाकिस्तानी भूमिमा खसेको जनाएका हुन् ।

उनले यसबाट कुनै मानवीय वा भौतिक क्षति नभएको बताए । यद्यपि यसबाट एउटा पर्खालमा भने सामान्य क्षति पुगेको उनको भनाइ छ ।

रुसी समाचार एजेन्सीले पाकिस्तानी सशस्त्र सेनाका प्रवक्तालाई उद्धृत गर्दै बताएअनुसार  सो क्षेप्यास्त्रले आफ्नो प्रारम्भिक मार्गबाट अचानक पाकिस्तानी क्षेत्र तर्फ उडेको र पाकिस्तानको एयर स्पेस उल्लङ्घन गरेको थियो ।

स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चान्नु शहर नजिकै पाकिस्तानी वायुसेनाले  भेटेको बताएको छ।

यस क्षेप्यास्त्र ४० हजार फिटको उचाइमा उडान लिएको र नागरिक उड्यनलाई खतरामा पारेको पाकिस्तानी पक्षको आरोप छ । यद्यपि भारतीय रक्षा मन्त्रालय वा सेनाले भने घटनाबारे कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  २ : २३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको