भारतीय क्षेप्यास्त्र पाकिस्तानमा खस्यो « Khabarhub

भारतीय क्षेप्यास्त्र पाकिस्तानमा खस्यो


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानी सेनाले आफ्नो भूमिमा भारतीय क्षेप्यास्त्र खसेको दाबी गरेको छ । बिहीबार पाकिस्तानी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन आईएसपीआरका निर्देशक मेजर जनरल बाबर इफ्तेकारले बुधबार साँझ ‘तीब्र गतिमा उडिरहेको वस्तु’ पाकिस्तानी भूमिमा खसेको जनाएका हुन् ।

उनले यसबाट कुनै मानवीय वा भौतिक क्षति नभएको बताए । यद्यपि यसबाट एउटा पर्खालमा भने सामान्य क्षति पुगेको उनको भनाइ छ ।

रुसी समाचार एजेन्सीले पाकिस्तानी सशस्त्र सेनाका प्रवक्तालाई उद्धृत गर्दै बताएअनुसार  सो क्षेप्यास्त्रले आफ्नो प्रारम्भिक मार्गबाट अचानक पाकिस्तानी क्षेत्र तर्फ उडेको र पाकिस्तानको एयर स्पेस उल्लङ्घन गरेको थियो ।

स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चान्नु शहर नजिकै पाकिस्तानी वायुसेनाले  भेटेको बताएको छ।

यस क्षेप्यास्त्र ४० हजार फिटको उचाइमा उडान लिएको र नागरिक उड्यनलाई खतरामा पारेको पाकिस्तानी पक्षको आरोप छ । यद्यपि भारतीय रक्षा मन्त्रालय वा सेनाले भने घटनाबारे कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  २ : २३ बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको