फेसबुकले पुटिनविरुद्ध हिंसात्मक टिप्पणी गर्न छुट दिने | Khabarhub Khabarhub

फेसबुकले पुटिनविरुद्ध हिंसात्मक टिप्पणी गर्न छुट दिने


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले केही देशका प्रयोगकर्तालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी फौजबारे हिंसात्मक टिप्पणी गर्न छुट दिने भएको छ । मेटाका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार फेसबुकमा आइन्दा ‘भ्लादिमिर पुटिन मुर्दावाद’ वा ‘रुसी सेना मुर्दावाद’ जस्ता टिप्पणी गर्न छुट दिइनेछ ।

‘युक्रेनमा जारी आक्रमणलाई मध्यनजर गर्दै युद्धबाट प्रभावितहरुलाई हामीले हिंसात्मक भावना व्यक्त गर्ने अस्थायी छुट दिएका छौं’ मेटाका प्रवक्तलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

प्रायः यस्ता टिप्पणीलाई फेसबुकले आफ्नो कम्युनिटी पोलिसीविरुद्ध जाने भन्दै हटाउँदै आएको थियो । यसअघि समाचार संस्था रोयटर्सले कम्पनीले पठाएको गोप्य इमेललाई उद्धृत गर्दै फेसबुकको कमेन्ट पोलिसीमा परिवर्तन आउन लागेको जनाएको थियो ।

यद्यपि सर्वसाधारण रुसी जनतालाई लक्षित गरी यस्तो किसिमका कमेन्ट गर्न नपाइने जनाइएको छ । यता रुसले भने अमेरिकालाई फेसबुकको ‘अतिवादी गतिविधि’ बन्द गर्न चेतावनी दिएको थियो ।

गत सातामात्रै रुसले आफ्नो मुलुकमाथि भेदभाव गरेको भन्दै फेसबुकलाई प्रतिबन्ध लगाएको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ३ : ३३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र