फेसबुकले पुटिनविरुद्ध हिंसात्मक टिप्पणी गर्न छुट दिने « Khabarhub

फेसबुकले पुटिनविरुद्ध हिंसात्मक टिप्पणी गर्न छुट दिने


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले केही देशका प्रयोगकर्तालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी फौजबारे हिंसात्मक टिप्पणी गर्न छुट दिने भएको छ । मेटाका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार फेसबुकमा आइन्दा ‘भ्लादिमिर पुटिन मुर्दावाद’ वा ‘रुसी सेना मुर्दावाद’ जस्ता टिप्पणी गर्न छुट दिइनेछ ।

‘युक्रेनमा जारी आक्रमणलाई मध्यनजर गर्दै युद्धबाट प्रभावितहरुलाई हामीले हिंसात्मक भावना व्यक्त गर्ने अस्थायी छुट दिएका छौं’ मेटाका प्रवक्तलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

प्रायः यस्ता टिप्पणीलाई फेसबुकले आफ्नो कम्युनिटी पोलिसीविरुद्ध जाने भन्दै हटाउँदै आएको थियो । यसअघि समाचार संस्था रोयटर्सले कम्पनीले पठाएको गोप्य इमेललाई उद्धृत गर्दै फेसबुकको कमेन्ट पोलिसीमा परिवर्तन आउन लागेको जनाएको थियो ।

यद्यपि सर्वसाधारण रुसी जनतालाई लक्षित गरी यस्तो किसिमका कमेन्ट गर्न नपाइने जनाइएको छ । यता रुसले भने अमेरिकालाई फेसबुकको ‘अतिवादी गतिविधि’ बन्द गर्न चेतावनी दिएको थियो ।

गत सातामात्रै रुसले आफ्नो मुलुकमाथि भेदभाव गरेको भन्दै फेसबुकलाई प्रतिबन्ध लगाएको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ३ : ३३ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने