र्‍यापर जी-बबले गाए फिल्मी गीत ‘भाग भाग अब धेरै न दे धाक’ « Khabarhub

र्‍यापर जी-बबले गाए फिल्मी गीत ‘भाग भाग अब धेरै न दे धाक’


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जी-बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीले अफिसियल गाएका छन् । आउँदो १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ मा जी–बबले पहिलो अफिसियल र्‍याप ‘भाग भाग अब धेरै न दे धाक’ सुन्न र हेर्न सकिन्छ ।

गीतमा गायनसँगै जी-बब फिचर्डसमेत छन् । गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ भने हुकलाइन हाकिम भनिने सुरेन्द्र गुरुङबाट लिइएको हो । ‘मिलेन लेभल तेरो बाऊ बोला’ पपुलर भएपछि जी-बबले गायनमा डेब्यु गरेका हुन् ।

गीतको भिडियोलाई सञ्जय लामाले छायांकन गरेका हुन् भने यसमा रामजी लामिछानेको कोरियोग्राफी छ । गीतलाई साहिल खानले सम्पादन गरेका हुन् ।

गीत सार्वजनिक भएको छोटो समयमै युट्युबको ट्रेन्डिङमा परेको छ । निर्माण पक्षले गीतको छोटो भर्जनलाई मात्र सार्वजनिक गरेको छ । पहिलो गायनमै जी-बबको स्वरलाई स्रोताले रुचाएका छन् । झरना थापा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ ।

फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : २१ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ