यक्ष र मोक्षका लागि जिब्रो छेडेर बागेश्वरी मन्दिरकाे दर्शन « Khabarhub

यक्ष र मोक्षका लागि जिब्रो छेडेर बागेश्वरी मन्दिरकाे दर्शन


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – रामनवमीको दिनमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर देवीको दर्शन गर्ने परम्परा चलिआएको छ ।

चैते दसैँ सुरु हुने दिनदेखि नै निराहार व्रत बसेको पुरुषले आफ्नो भाकल पूरा गराउन वा भाकेको कुरा पूरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्ने चलन परापूर्वकालदेखि नै चलिआएको बागेश्वरी मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले जानकारी दिए ।

Avatar

उनले पहिलाको तुलनामा अहिले जिब्रो छेड्न आउनेको संख्या घट्दै गएको र मानिसहरू आफ्नो जिब्रो काटेर चढाउने, जिब्रो र छातीमा त्रिशूल रोपेर दिनभरि मन्दिरको परिक्रमा गर्ने भक्तजनहरू पनि रहेका तर, अहिले यो अलि घटेर गएको बताए ।

Avatar

नवरात्रको व्रत बसेका व्रतालुहरू बडा दसैँको र चैते दसैँको नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशूल) छेड्ने परम्परा रहेको र हरेक वर्ष करिब १५० बढीले जिब्रो छेड्ने गरेको मूलपुरोहित योगीले जानकारी दिए ।

Avatar

बाँके खजुरा गाउँपालिका–८ का ६५ वर्षीय राम खेलावनले अहिले ५० पटकभन्दा बढी आफ्नो जीवनकालमा जिब्रो छेडेर बागेश्वरी मन्दिरको परिक्रमा गरेको बताए । उनले भने, ‘सानै उमेरदेखि जिब्रो छेडेर दर्शन गर्दै आएको छु । अहिलेसम्म ५० पटकभन्दा बढी भयो होला,’ उनले यसरी देवीको दर्शन गर्दा शक्ति प्राप्त भएको महसुस हुन्छ ।

Avatar

पानको पात र फलामको तिखो त्रिशूलले जिब्रो छेडेर देवीको दर्शन गर्दा पीडा पनि नहुने र रगत पनि नदेखिने बाँके डुडुवा–६ हिमिनियाका ६० वर्षीय बर्मन लोनियाले बताए । उनले भने, ‘५० भन्दा बढी पटक मैले जिब्रो छेडेर देवीको दर्शन गरेको छु । रगत पनि बगेको छैन, न त मलाई कुनै पीडा नै भएको छ ।’

बाँके डुडुवका–६ हिरमिनियाँकै २० वर्षीय सियाराम लोनियाले ७ पटक, भारत बाबागञ्जका २७ वर्षीय ओमप्रकाश यादवले २० पटक जिब्रो छेडेर बागेश्वरी मन्दिरको परिक्रमा गर्दै दर्शन गरेको बताए ।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा बडा दसैँ र चैते दसैँमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ । निरहार व्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख बिमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परापूर्वकालदेखि नै चल्दै आएको मान्यता छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : ०६ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको