गलेश्वरमा राम र सीताको स्तम्भ प्रतिस्थापना « Khabarhub

गलेश्वरमा राम र सीताको स्तम्भ प्रतिस्थापना


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा भगवान राम र सीताको स्तम्भ प्रतिस्थापना गरिएको छ ।

दश जना दाताले आर्थिक संकलन गरेर गलेश्वर मन्दिर अगाडि स्थापना भएको ती स्तम्भमा नियमित नित्यपूजाका लागि थप रु तीन लाख १५ हजारको अक्षयकोष स्थापना गरेका छन् ।

करिब सात फिट अग्लो स्तम्भ भित्र एक करोड २७ लाख श्रीराम मन्त्र लेखिएको कागजलाई पानीले नभिज्ने गरी बाकसमा राखिएको छ । स्तम्भका शिरमा भएको राम र सीताको मूर्तिलाई पित्तलको छाताले ओढाइएको छ ।

पोखराका लेखनाथ घिमिरे, हिमलाल बराल, टेकनाथ पौडेल, रामप्रसाद बराल, बिष्णुमाया पौडेल, तिलोचन पौडेल, कुलप्रसाद पराजुली, मायादेवी बास्तोला, धरानका कुलचन्द्र भट्टराई र लमजुङका हरेराम दासले स्तम्भमा राख्ने मन्त्र उपलब्ध गराउनुभएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

स्तम्भको रामनवमी पर्वको अवसर पारेर आइतबार कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले शुभारम्भ गरे । ‘धर्मशास्त्रहरुमा राम र शिवले एक अर्काको सम्मान र सहकार्य गरेको हुनाले गलेश्वर शिवालयमा रामसीताको मुर्ति राखिएको हो,’ उनले भने ‘मन्त्र सहितको रामसीताको स्तम्भले गलेश्वरमा धार्मिक शक्ति केन्द्रित गरेको छ ।’

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वर मन्दिरमा शिव, पार्वति, नटराज, जडभरत, गलेश्वरबाबा, नाग, राधाकृष्ण लगायत हिन्दू धर्मावलम्बीका भगवानका मन्दिर र मूर्तिका साथै १०८ शिवलिङ्ग छन् ।

गलेश्वरमा महाशिवरात्री, बालाचर्तुदर्शी र साउन महिनाको सोमबारका दिन बिशेष मेला लाग्ने गर्छ । गलेश्वरधामलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थ स्थल मुक्तिनाथको प्रवेशद्वारका रुपमा चिनिन्छ ।

द्वापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पूजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पुरा हुने विश्वास छ । पूर्वाधार निर्माण, व्यवस्थापकीय सुधार र प्रचारप्रसारका कारण गलेश्वरमा पछिल्लो समय भक्तजनको संख्या बढेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ७ : ५२ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज