काठमाडौँ – नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले गठन गरेको ‘स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समिति’ले पार्टीका शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने भएको छ ।
स्थानीय तहमा रहेको गठबन्धनमा रहेका पाँच दलको पछिल्लो अवस्थाको मूल्याङ्कन गरी तयार पारेको सुझावसहितको प्रतिवेदन कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले आज बिहान ९ बजे शीर्ष नेतृत्वलाई बुझाउन लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा समितिले देशभरका स्थानीय तहबाट आएको विवरणको आधारमा बनाएको प्रतिवेदन र त्यसका आधारमा तय गरिएको चुनावी तालमेलको मोडालिटी नेताहरुलाई बुझाउन लागेको हो।
गठबन्धनमा आबद्ध दलहरू कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयमा पुगेपछि उक्त प्रतिवेदन तयार पारिएको हो ।
प्रतिक्रिया