‘गठबन्धन सरकारले देशको अर्थतन्त्र थला पार्‍यो’ « Khabarhub

‘गठबन्धन सरकारले देशको अर्थतन्त्र थला पार्‍यो’


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनको सरकारसँग देश बनाउने कुनै भिजन नभएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धनसँग कुनै गन्तव्य र लक्ष नै नभएको दाबी गरेका हुन्।

मुद्दा मामिला गरी परमादेशबाट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै नसक्ने गरी थला पारेको पनि उनको आरोप छ।

‘स्वर उनिहरूकै ठूलो छ गठबन्धन गरेर एमालेलाई हराउँछौं। कस्तो विडम्बना-पाँच दलीय गठबन्धनसँग न कुनै देश बनाउने भिजन छ न त कुनै गन्तव्य र लक्ष नै।’‚महासचिव पोखरेलले लेखेका छन्।

उनले नेपालको गुमेको भू-भाग समेटेर नयाँ नक्सा प्रकाशित गरेको, भूकम्पले थिलथिलो बनाएको देशको अवस्थालाई एमालेको सरकारले उठाएको दाबी पनि गरेका छन्।

‘नेकपा एमालेले भूकम्पले थिलोथिलो भएको देशलाई उठायो। जनताका मुर्झाएका सपनालाई जगायो। विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि बढायो। स्वाधीनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भू-भाग समेटेर नयाँ नक्सा प्रकाशित गर्‍यो तर मुद्दा मामिला गरी परमादेशबाट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुने गरी थला बसायो।’, उनले भनेका छन्।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : २४ बजे

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई

‘पर्याप्त जनचेतना नहुँदा नेपालमा क्षयरोगीको संख्या घट्न सकेन’

काठमाडौं– क्षयरोग नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको