ज्योति विकास बैंकद्वारा घान्द्रुकमा पहिलो एटीएम सञ्चालन « Khabarhub

ज्योति विकास बैंकद्वारा घान्द्रुकमा पहिलो एटीएम सञ्चालन


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ज्योति विकास बैंकले चैत्र २७ गतेदेखि चर्चित पर्यटकीय स्थल घान्द्रुक कास्कीमा पहिलो एटिएम सेवा सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा नै एटिएम सञ्चालनमा ल्याइएको हो ।

आइतबार आयोजित एक कार्यक्रममाअन्नपुर्ण गाउँपालिका वडा नं १० का वडा अध्यक्ष श्री कुमार गुरूङले एटिएम बुथको समुद्घाटन गरेका हुन्। कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत श्री बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख श्री विशाल लामिछाने, मानव संशाधन प्रमुख श्री प्रजिता जोशी,घान्द्रुक शाखा प्रबन्धक श्री प्रदिप सुनाम, अन्य कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष श्री कुमार गुरूङले सो एटिएम सेवा मार्फत त्यहाँका स्थानीय वासिन्दाहरु लगायत पर्यटकहरूलाई पनि ले निकै नै सुविधा पुर्याउने विश्वास लिएको र बैंकले थप सेवा उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेका थिए।

साथै बैंकले हालसालै बैंकिङ्ग पहुंचलाई थप विस्तार गर्दै जनतामाझ बैंकको पहुँच सहज बनाउने उद्देश्यले इलाम,कञ्चनबारी, लहान र कटारीमा चार नयाँ शाखा विस्तार गरेको छ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ४ : ४६ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको