१९ हजार ५ सय रुसी सैनिक मारिएको युक्रेनी दाबी « Khabarhub

१९ हजार ५ सय रुसी सैनिक मारिएको युक्रेनी दाबी


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा आक्रमणकारी रुसी सेनाका १९ हजार ५ सय सैनिक मारिएका छन् । युक्रेनी सुरक्षा बलले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै युक्रेनमा जारी हमलाका क्रममा हालसम्म १९ हजार ५ सय रुसी सैनिक मारिएको बताएको हो ।

युक्रेनी सुरक्षा बलले जनाएअनुसार जारी आक्रमणमा रुसी सेनाका ७ सय २५ ट्यांक, १ हजार ९ सय २३ बख्तरबन्द गाडी, १ सय ५४ लडाकु विमान र १ सय ३७ हेलिकप्टरहरू ध्वस्त भएका छन् ।

यसअघि उत्तर एटलान्टिक सन्धि संगठन नेटोले युक्रेनमा रुसी फौजले १५ हजार सैनिक गुमाएको दाबी गरेको थियो । त्यस्तै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा १ हजार ७ सय ९३ सर्वसाधारण मारिएको र २ हजार ४ सय ३९ जना घाइते भएको बताएका छन् ।

केही दिनअघिमात्रै रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले युक्रेनमा ‘उल्लेखनीय क्षति व्यहोरेको’ स्वीकार गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : १६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार