१९ हजार ५ सय रुसी सैनिक मारिएको युक्रेनी दाबी « Khabarhub

१९ हजार ५ सय रुसी सैनिक मारिएको युक्रेनी दाबी


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा आक्रमणकारी रुसी सेनाका १९ हजार ५ सय सैनिक मारिएका छन् । युक्रेनी सुरक्षा बलले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै युक्रेनमा जारी हमलाका क्रममा हालसम्म १९ हजार ५ सय रुसी सैनिक मारिएको बताएको हो ।

युक्रेनी सुरक्षा बलले जनाएअनुसार जारी आक्रमणमा रुसी सेनाका ७ सय २५ ट्यांक, १ हजार ९ सय २३ बख्तरबन्द गाडी, १ सय ५४ लडाकु विमान र १ सय ३७ हेलिकप्टरहरू ध्वस्त भएका छन् ।

यसअघि उत्तर एटलान्टिक सन्धि संगठन नेटोले युक्रेनमा रुसी फौजले १५ हजार सैनिक गुमाएको दाबी गरेको थियो । त्यस्तै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा १ हजार ७ सय ९३ सर्वसाधारण मारिएको र २ हजार ४ सय ३९ जना घाइते भएको बताएका छन् ।

केही दिनअघिमात्रै रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले युक्रेनमा ‘उल्लेखनीय क्षति व्यहोरेको’ स्वीकार गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : १६ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको