ढाड, कम्मर दुख्ने समस्याको समयमै उपचार गरिएन भने गम्भीर समस्या निम्तिन सक्छ । पहिले भन्दा अहिलेका युवा पुस्ता यो समस्याबाट बढी ग्रसित छन् । आज भन्दा दश वर्षअघिको कुरा सुन्दा युवा पुस्ता भन्दा पनि वृद्ध वृद्धामा यस्तो समस्या बढी देखिने गर्थ्यो । वृद्ध वृद्धामा प्राकृतिक रूपमा हड्डी खिइएर यो समस्या देखिने गर्थ्यो । तर आजभोलि यो समस्याबाट युवा पुस्ता ग्रसित हुने गरेका छन् । जब शरीरमा एक्टिभिटीको कमी हुन्छ । शरीर कमजोर हुँदै जान्छ । समयमै उपचार गरिएन भने गम्भीर समस्या निम्तिन सक्छ ।
सक्रिय जीवन डिजिटलले निष्क्रिय बन्दै जाँदा
आज भोलि हामी बोइलर कुखुरा जस्तै भएका छौँ । सक्रिय जीवनबाट डिजिटल लाइफमा परिणत भएका कारणले यो समस्या बढ्दै गएको छ । जब शरीरमा एक्टिभिटीको कमी हुन्छ शरीर कमजोर हुँदै जान्छ । एक्टिभिटीको कमीले डिप्रेसनदेखि मानसिक समस्यासम्म मधुमेहदेखि मुटु रोगसम्म बढ्दै गएको छ । साथै हड्डी खिइनेदेखि हड्डी खोक्रो हुनेसम्मका रोग लाग्छ भनेर विभिन्न मेडिकल तथ्यले भनेका छन् ।
आजभोलि डिजिटल लाइफले हाम्रो मेकानिकल समस्या निम्ताएको छ । मेकानिकल समस्याले पछि न्युरोलोजिकल, मस्कोलोटिकल समस्या निम्ताउँछ । हामीले आजभोलि काम गर्नै छोड्यौ । बसी बसी काम गरेका छौँ । प्रकृतिसँग हुर्कने समय नपाएका कारण पनि समस्या बढिरहेको छ । अन्य कारणहरू पनि छन् । जस्तै जन्मजात आउने समस्याहरूले ३० वर्ष पछि समस्या देखाउँछन् ।
हाम्रो कम्मरमा पाँच वटा हड्डी हुन्छन् । नेपालमा दशदेखि पन्ध्र प्रतिशतमा चार वटा मात्र हड्डी र केही केहीमा छ वटा हड्डी पाइन्छ । यसलाई लम्बारजेसन र प्याक्राराइजेसन भनिन्छ । यसले गर्दा नसा च्यापिने ढाड कम्मर दुख्ने समस्या निम्ताउँछ । जन्मजात आउने अर्को कारण थुप्रै हड्डिहरु जोडिएका हुँदैनन् ।
यसले पनि समस्या आउँछ । उमेर बढ्दै जाने बेलामा पनि समस्या आउँछ । खानपिन व्यायाम जीवनशैली नमिल्दा पनि समस्या आउँछ । लकडाउनपछि यस्ता समस्या धेरै देखिएको छ । अप्राकृतिक र डिजिटल लाइफले गर्दा रोग प्रतिरोधात्मक क्षमता पनि घटिरहेको छ । अहिलेका युवा पुस्ता कुलतमा फस्ने क्रम पनि बढ्दो छ ।
यसले पनि समस्या ल्याएको छ । गाउँघरमा काम गर्दा लडेर चोटपटक लाग्छ भने सहरमा दुर्घटना भइरहेको छ । यो कारणले पनि समस्या निम्तिन्छन् । कहिलेकाहीँ दुर्लभ रूपमा क्यान्सर, ट्युमरले गर्दा, केहीमा पाठेघरका समस्या, तल्लो पेटका समस्या, थाइराइड, हर्मोनका समस्या, मेटाबोलिक डिजिज लगायतले पनि समस्या देखा पर्छन ।
समस्या हुने कारण
मेरुदण्ड भित्र भएको नशा कुनै हाम्रो दिमागबाट आउँछ । दिमागबाट आउने नशाहरू जुन मेरुदण्डबाट गएको हुन्छ । त्यो नशाहरू हातमा देखिने नशा होइनन् । स्नायु नशाहरू गर्धनबाट हातमा खुट्टामा सप्लाइ हुन्छन् । गर्धनमा समस्या आउँछ भने पछि त्यो समस्या हात खुट्टामा पनि आउँछ । यस्तो समस्या मेकानिकल समस्या हो । औषधी खाएर यो समस्या समाधान हुँदैन । औषधीले दुई चार दिन त ठिक होला । तर पछि समस्या आइहाल्छ । निदान नगरेसम्म त ठिक हुने कुरै भएन ।
नेपाल प्रोटोकल भएको देश होइन नि । मैले विदेशका धेरै देशमा काम गरे त्यहाँ कसलाई भेट्ने, कसलाई निफर गर्ने सिस्टम हुन्छ । यहाँ डाक्टरलाई दोष दिएका हुन्छन् । पहिले कसले हेर्ने हो भन्ने प्रोटोगलको नेपालमा विकास भएको छैन ।
रोगको निदान बारेमा थाहा नहुनु
नेपालमा सबैभन्दा कमजोर पक्ष भनेको डायग्नोसिस हो । रोगको निदानको बारेमा थाहा नपाउँदा पनि समस्या बढेको छ । नेपालमा रोगको निदान पक्ष कमजोर भएका कारण मान्छे भारत, थाइल्यान्डसम्म गएका छन् । हाम्रो अस्पतालमा डायग्नोसिकलाई हामी विशेष ध्यान दिन्छौ । यो कारणले तपाइलाई समस्या भएको हो भनेर जानकारी दिन्छौँ ।
साधारण फिजिसियनकोमा गयो भने अर्कै उपचार गर्छ । न्युरोलोजिस्ट कहाँ गयो भने अर्कै उपचार गर्छ । म कहाँ आउनु भयो भने कहाँनेर समस्या भएको छ भनेर म विस्तृत रूपमा भनिदिन्छु । म रोगीलाई शिक्षा पनि दिन्छु । एउटा विशेषज्ञलाई जँचाउन जानै पर्छ । घरमा बसेर मात्र हुँदैन । गुगल, युट्युब हेरेर यही नै भएको हो भनेर बस्नु हुँदैन । रेड फल्याग, एल्लो फल्याग र ब्ल्याक फल्याग गरी तीनवटा चरणमा रोगको विभाजन हुन्छ । आफ्नो अवस्था बुझेर तुरुन्तै उपचार गराउनु पर्दछ ।
निदानको उपाय
हरेक बिरामीले थाहा पाउनुपर्ने आफूलाई के को समस्या हो त्यो बुझेर तुरुन्तै विशेषज्ञकोमा जानु पर्छ । कुनै चिकित्सक कहा गएपछि उनीहरुले पनि सबन्धित विशेषज्ञकोमा नपठाउने गर्नाले पनि समस्या बढ्छ । पहिले फिजिसियनले हेर्ने, दोस्रोमा सबन्धीत बिशेषज्ञले हेर्ने, तेस्रोमा सर्जनले हेर्ने त्यसपछि फेरी सम्बन्धित विशेषज्ञले हेर्ने हुन्छ ।
तर नेपालमा खासै प्राक्टिसमा छैन । हामी रुमल्लिएर बस्नु हुँदैन । जाँच गर्न गइहाल्नुपर्छ । बिरामी चिकित्सक कहाँ गएपछि यो कसरी भयो के गर्दा ठिक हुन्छ ? के खादा ठिक हुन्छ ? भनेर सल्लाह लिनु पर्दछ । यस्ता रोगलाई ठुलो बनाएर डराउनु पनि हुँदैन । लक्षण देखिने बित्तिकै उपचार गर्न जानु पर्छ ।
समस्या हुनै नदिन के गर्ने ?
समस्या भयो भन्दैमा डराउनु पर्दैन । कहिलेकाहीँ ढाड कम्मर दुख्यो भने मालिस गर्दा ठिक हुन्छ । सड्केको बेला, चोटपटक लागेको बेला मालिस गर्न त भएन । यसको उपचारमै ध्यान दिनु पर्छ । ९५ प्रतिशत समस्या त हामीले आफै निम्त्याएका हुन्छौँ । यसका मुख्य कारण भनेको मेकानिकल कारण हो । हामीले बस्ने तरिकामा ध्यान दिएका हुँदैनौँ ।
सुत्दा, बस्दा, काम गर्दा शरीरको गलत रूपमा प्रयोग हुन्छ । विशेष गरी बस्ने पोजिसनमा ध्यान दिँदा धैरै समस्याबाट मुक्त हुन सकिन्छ । साथै खानपिनमा ध्यान दिनाले पनि यस्ता रोगबाट बच्न सकिन्छ । हरियो सागपात, फलफूलका साथै व्यायाममा ध्यान दिनु पर्छ ।
प्रतिक्रिया