जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्दै « Khabarhub

जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्दै


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतको जजिरा एयरवेजको पहिलो उडान आगामी जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार जजिरा एयरले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ प्रत्यक्ष हवाई सेवा सुरु गर्ने घोषणा गरेको हो ।

यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हुनेछ । यसअघि सन् २०१९ को नोभेम्बरदेखि उक्त विमान सेवा कम्पनीले कुवेत सिटी र काठमाडौँबीच प्रत्यक्ष हवाई सेवा दिदै आएको छ ।

यसको सुरुवातसँगै मध्यपूर्वमा बसोबास गर्ने नेपालीहरूको ठूलो समुदायलाई नेपालको दक्षिण-पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवामार्फत जोड्न सकिने र वैदेशिक रोजगारी तथा अन्य प्रयोजनले खाडी मुलुक प्रवेश गर्ने नेपालीहरुका लागि सहज र सुविधाजनक हवाई यात्रा हुने अपेक्षा गरिएको दूतावासले जनाएको छ ।

साथै, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकहरूको लागि थप सहज हुने जनाएको छ ।

एयरवेजले एक तालिका सार्वजनिक गर्दै कुवेतबाट स्थानीय समय अनुसार साँझ १८:३० बजे उडेको विमान जेठ २ गते १ बजेर ४५ मिनेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाएको छ ।

जहाज बिहान २ बजेर ३० मिनेट जाँदा कुवेतका लागि प्रस्थान गर्ने जनाएको छ । जजिरा एयरवेजले साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार उडान भर्नेछ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : २८ बजे

रूस–युक्रेन युद्धबारे पुटिनसँग मोदीले भने : भारत तटस्थ होइन, शान्तिको पक्षमा छ

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हैदराबाद हाउसमा रूसी राष्ट्रपति

‘वर्तमान सरकार असफल भइसक्यो, जेन-जीहरूलाई धोका दियो’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकार जेन-जी

विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी

काठमाडौं– गत आर्थिक वर्ष २०८१-८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक

झापाको ऐतिहासिक एवम् धार्मिक स्थल किचक बध (तस्बिरहरू)

काठमाडौं– झापा जिल्ला भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक स्थल

हेटौंडामा सडक संरक्षण सुरु, होटल व्यवसायीलाई नयाँ बुकिङ नराख्न अनुरोध

काठमाडौं– सडक डिभिजन हेटौंडाले हेटौंडामा सडक संरक्षण सुरु गर्न लागेको