जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्दै « Khabarhub

जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्दै


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतको जजिरा एयरवेजको पहिलो उडान आगामी जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार जजिरा एयरले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ प्रत्यक्ष हवाई सेवा सुरु गर्ने घोषणा गरेको हो ।

यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हुनेछ । यसअघि सन् २०१९ को नोभेम्बरदेखि उक्त विमान सेवा कम्पनीले कुवेत सिटी र काठमाडौँबीच प्रत्यक्ष हवाई सेवा दिदै आएको छ ।

यसको सुरुवातसँगै मध्यपूर्वमा बसोबास गर्ने नेपालीहरूको ठूलो समुदायलाई नेपालको दक्षिण-पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवामार्फत जोड्न सकिने र वैदेशिक रोजगारी तथा अन्य प्रयोजनले खाडी मुलुक प्रवेश गर्ने नेपालीहरुका लागि सहज र सुविधाजनक हवाई यात्रा हुने अपेक्षा गरिएको दूतावासले जनाएको छ ।

साथै, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकहरूको लागि थप सहज हुने जनाएको छ ।

एयरवेजले एक तालिका सार्वजनिक गर्दै कुवेतबाट स्थानीय समय अनुसार साँझ १८:३० बजे उडेको विमान जेठ २ गते १ बजेर ४५ मिनेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाएको छ ।

जहाज बिहान २ बजेर ३० मिनेट जाँदा कुवेतका लागि प्रस्थान गर्ने जनाएको छ । जजिरा एयरवेजले साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार उडान भर्नेछ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : २८ बजे

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेरखानी गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– मन्त्रीपरिषदका सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्