साउदीमा अप्ठेरोमा परेकालाई दूतावासले एक्जिट भिसा प्रोसेसिङ गर्ने  « Khabarhub

साउदीमा अप्ठेरोमा परेकालाई दूतावासले एक्जिट भिसा प्रोसेसिङ गर्ने 



दोहा  – साउदीबाट विभिन्न कारणले नेपाल फर्किन नपाएकाहरूका लागि रियादस्थित नेपाली दूतावासले एक्जिट भिसा प्रोसेसिङ गर्ने भएको छ । कम्पनीले इकामा नबनाइदिएको वा इकामा नवीकरण नगरिदिएको वा हुरूब लगाइदिएको कारणले नेपाल फर्किन नपाएकाहरूको एक्जिट भिसा प्रोसेसिङ गरिने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार कम्पनीले सम्झौता अनुसारको तलब सुविधा दिएको छैन, काम गरेको समयको तलब दिएको छैन, ओभरटाइमको पैसा दिएको छैन, छुट्टीमा घर जान दिएको छैन, अलपत्र पारेको छ, अनावश्यक जरिवाना लगाइदिएको छ, फर्जी कागज बनाएर फसाएको छ भने समाधानको लागि पहल गरिनेछ ।

यस्तो समस्या भएका कामदारले आफ्नो राहदानी र इकामाको फोटोकपी, आफ्नो सुपरभाइजर वा कम्पनीको एचआर वा कफिलको सम्पर्क मोबाइल नम्बर लिएर आउन भनेको छ । इकामा छैन भने साउदी आउँदा अध्यागमनले राहदानीको जुन पेजमा बोर्डर नं. लेखिदिएको दिएको छ त्यो पेजको फोटोकपी लिएर आउन दूतावासले भनेको छ ।

दूतावासले आगामी मे २० तारिखका दिन साउदीको पूर्वी क्षेत्रमा पर्ने दम्माममा समस्यामा परेका नेपाली श्रमिकहरुलाई मध्यनजर गर्दै ‘श्रमिक सचेतना कार्यक्रम कार्यक्रम’मार्फत श्रमिकहरुको समस्या तथा गुनासो संकलन गरी समस्या समाधान गर्न लागेको हो ।

पछिल्लो समयमा साउदीमा हुरूब लगाइदिएको कारणले नेपाल फर्किन नसकेका, कम्पनीले हुरुब लगाई दिएर जबरजस्ती जेल हालेका र नेपालबाट सम्झौता गरिएअनुसारको काम र तलब नपाएको भन्दै सयौँ नेपाली अलपत्र अवस्थामा भोकभोकै सडकमै रात बिताइरहेका छन् ।

दूतावासले गर्न लागेको यस कार्यक्रमबाट त्यहाँ अलपत्र नेपालीहरूलाई स्वदेश फर्किन सहयोग पुग्ने अपेक्षा गरेको छ । यसअघि पनि दूतावासले एक सूचना जारी गरी पछिल्ला दिनहरूमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपालीहरुले म्यानपावर र एजेन्टले भने अनुसारको काम र तलब नपाएको गुनासो आइरहेका जनाएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : ५१ बजे

रूस–युक्रेन युद्धबारे पुटिनसँग मोदीले भने : भारत तटस्थ होइन, शान्तिको पक्षमा छ

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हैदराबाद हाउसमा रूसी राष्ट्रपति

‘वर्तमान सरकार असफल भइसक्यो, जेन-जीहरूलाई धोका दियो’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकार जेन-जी

विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी

काठमाडौं– गत आर्थिक वर्ष २०८१-८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक

झापाको ऐतिहासिक एवम् धार्मिक स्थल किचक बध (तस्बिरहरू)

काठमाडौं– झापा जिल्ला भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक स्थल

हेटौंडामा सडक संरक्षण सुरु, होटल व्यवसायीलाई नयाँ बुकिङ नराख्न अनुरोध

काठमाडौं– सडक डिभिजन हेटौंडाले हेटौंडामा सडक संरक्षण सुरु गर्न लागेको