पुटिन युक्रेनमा लामो युद्धको तयारीमा छन् : अमेरिका « Khabarhub

पुटिन युक्रेनमा लामो युद्धको तयारीमा छन् : अमेरिका


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ ।

पूर्वी युक्रेनमा रुसले भीषण हमला गरिरहेका बेला गुप्तचर निकायले रुसले पूर्वी युक्रेनमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने चेतावनी दिएको हो ।

राजधानी किभ कब्जा गर्ने रुसी सेनाको प्रयासको युक्रेनले प्रतिरोध गरेपछि मस्कोले दोनबास क्षेत्र कब्जा गर्न आफ्ना सेनाहरूलाई पुनः केन्द्रित गरेको छ ।

मंगलबार अमेरिकी सिनेट समितिको सुनुवाइमा राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले पुटिन अझै पनि ‘दोनबासभन्दा बाहिरका लक्ष्यहरू हासिल गर्न’ खोजेको तर उनले ‘आफ्नो महत्वाकांक्षा र रुसको वर्तमान परम्परागत सैन्य क्षमतबीचको बेमेलको सामना गरिरहेको बताइन ।

सो सुनुवाईमा रक्षा गुप्तचर निकायका निर्देशक स्कट बेरियरले रुसी र युक्रेनीहरू ‘अलिकति गतिरोधमा’ रहेको बताए । पछिल्लो युद्धमा युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रका चारवटा बस्तीहरू पुनः कब्जा गरेको दाबी गरेको छ ।

चेर्कासी तिश्की, रुस्की तिस्की, रुबिज्ने र बायराक सबैलाई रसियाबाट फिर्ता लिएको रुसी सेनाको भनाई छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सफलताले रुसी सेनालाई बिस्तारै खार्किभबाट बाहिर धकेलिरहेको बताएका छन् । खार्किभमा युद्ध सुरु भएदेखि नै लामो समयदेखि बमबारी भइरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १० : १० बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,