सिंगापुरमा ‘द कश्मीर फाइल्स’ प्रतिबन्ध « Khabarhub

सिंगापुरमा ‘द कश्मीर फाइल्स’ प्रतिबन्ध


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘द कश्मीर फाइल्स’ को चर्चा अझै सेलाएको छैन । 

फिल्मले उठान गरेको विषयवस्तु, फिल्मको बक्स अफिस कलेक्सन, फिल्मलाई ट्याक्स फ्री लगायतका विविध कुराहरूले यसलाई चर्चामा ल्याएको हो । विशेषत यसले उठाएको विषयलाई लिएर फिल्म प्रदर्शनमा केहि देशले प्रतिबन्ध लगाएपछि चर्चा पुनः चुलिएको हो । फिल्मलाई पछिल्लो समय सिंगापुरमा प्रतिबन्ध लगाएको छ  । 

सिंगापुरले एउटा समुदायलाई नियोजित तरिकाले गलत देखाइएको भन्दै विवेक अग्निहोत्री निर्देशित फिल्म ‘द कश्मीर फाइल्स’ प्रदर्शनको अनुमति दिन नसकिने बताएको हो । सिंगापुरको फिल्म दिशानिर्देश वर्गीकरण अनुसार, जातीय तथा धार्मिक समुदायमा अपमानजनक लाग्ने कुनै पनि सामाग्री भित्र्याउन वा बेच्न पाइने छैन। सिंगापुरमा फिल्म वर्गीकरण गर्ने ‘द इन्फोकम मिडिया डेभेलपमेन्ट अथोरिटी’का अनुसार सो फिल्म सिंगापुरको वर्गीकरण दिशानिर्देशभन्दा बाहिर रहेको र फिल्ममा देखाइएका दृष्यले त्यहाँका बहुधार्मिक र बहुजातीय समुदायमा सामाजिक एकता खल्बलिन सक्ने र धार्मिक सदभाव पनि बिथोल्न सक्ने भन्दै सिंगापुरमा सो फिल्म प्रतिबन्ध लगाइएको हो । 

हिन्दी भाषामा मात्र रिलिज भएको फिल्मले राम्रो व्यापार गरेपछि दर्शकको आकर्षण बढेसँगै फिल्म अन्य भाषामा पनि स्वरांकन भएर फिल्म ओटीटीमा रिलिज हुने भएको छ । हलमा हिन्दीमा प्रदर्शन भएको फिल्म ओटीटी प्रदायक जी फाइभमा तमिल, तेलेगु, कन्नडा भाषामा पनि रिलिज हुनेछ । फिल्मलाई दर्शकले मे १३ मा हेर्न पाउनेछन् । निर्देशक विवेक अग्निहोत्री नेक्स्ट प्रोजेक्ट ‘दिल्ली फाइल्स’ मा लगेपछि ‘द कश्मीर फाइल्स’ लाई ओटीटी रिलिज गर्न लगिएको हो । 

कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ । यसमा छलफल बढेसँगै फिल्म हेर्नेको संख्या पनि बढ्दो छ । 

विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १२ : ०६ बजे

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा

कर्णाली राजमार्गका चार रुग्ण ठेक्का तोडिए

जुम्ला – जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौं – सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

श्रम स्वीकृति अब आवेदनकै दिन, टोकन प्रणाली खारेज गरिने

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा