सकियो ‘२ नम्बरी’ को छायांकन « Khabarhub

 सकियो ‘२ नम्बरी’ को छायांकन


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘२ नम्बरी’ को छायांकन सकिएको छ ।

 वैशाख पहिलो सातादेखि कास्कीको ल्वाङ गाउँबाट छायांकन सुरु भएको फिल्मलाई पोखरा आसपासमा सुट गरिएको थियो । २८ औं दिनमा पोखरामा इन्डकल्याप भएको निर्माण पक्षले जनाएको छ । छायांकन सकिएसँगै कास्ट एण्ड क्रिउ बुधबार काठमाडौँ फर्किने तयारीमा छन् । 

No description available.

 

दीपेन्द्र लामाले निर्देशन गरेको फिल्ममा उगेन छोदेन र उपासना सिंह ठकुरीको समेत मुख्य अभिनय रहेको छ । कोरोना महामारीले प्रभावित भएको फिल्म छायांकन स्क्रिप्ट, निर्माण टिम र कलाकारमा केही हेरफेरसहित पुनः सुरु भएको थियो । कोरोना भाइरसको कारण पहिलो पटक लकडाउन हुने समयमा फिल्म छायांकनरत थियो । यद्यपि फिल्म पहिलो सिनबाटै छायांकन गरिएको निर्देशक लामाले बताए ।

फिल्मको केही प्रतिशत अभिनय गरेका अभिनेता पल शाह नाबालिग करणीको आरोपमा न्यायिक हिरासतमा रहेको र फिल्मका अर्का कलाकार जयनन्द लामा स्वर्गीय भएकाले फिल्मको छायांकन सुरुवातबाटै गरिएको थियो । फिल्ममा पलको स्थानमा सौगात मल्ल, वर्षा रावतको स्थानमा उपासना सिंह ठकुरी र जयनन्द लामाको स्थानमा रोल मिलाएर कविता आलेलाई कास्ट गरिएको छ ।

 मित्रताको कथा पेश गर्ने फिल्म आगामी कात्तिक ४ गते रिलिजको तयारीमा छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १२ : ३७ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६