डुबेर चार जनाको मृत्यु  « Khabarhub

डुबेर चार जनाको मृत्यु 


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दैलेख, ताप्लेजुङ र गुल्मीमा डुबेर चार जनाको मृत्यु भएको छ । 

दैलेखको भैरवि गाउँपालिका–२ तिप्तडास्थित कुन्टे तलाउमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर दुल्लु नगरपालिका–८ बस्ने १८ वर्षीय गोबिन्द भण्डारीको मंगलबार दिउँसो मृत्यु भएको छ । 

ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङ बस्ने अनुप लिम्बुकी छोरी १५ महिनाकी साया लिम्बुको डुबेर मृत्यु भएको छ । 

आफ्नै घर नजिक रहेको माछा पोखरीमा डुबेर मंगलबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर अचेत अवस्थामा रहेकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

गुल्मीको रेसुङगा नगरपालिका–१४ छल्दिपना खोलामा मंगलबार दुई जना मृत अवस्थामा फेला परेका छन् । डुबेर मृत्यु हुनेमा सोही ठाउँ बस्ने पदम सामतको छोरा १७ वर्षीय अनिल सामत र जित बहादुर सामतको छोरा १३ वर्षीय सुधन सामत  रहेका छन् । 

माछा मार्न गएकोमा घर नफर्किएपछि  खोजी गर्ने क्रममा उक्त खोलामा डुबेर मृत्यु भएको अवस्थामा उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ । 

घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १ : २२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल