पर्दामा तीन खानको पर्खाइ | Khabarhub Khabarhub

पर्दामा तीन खानको पर्खाइ


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा ठूला कलाकारको रुपमा तिन खानलाई हेर्ने गरिन्छ, ति हुन् सलमान खान, शाहरुख खान र आमिर खान । 

सन् २०१८ भने यी तीनै खानको फिल्म दर्शक समक्ष आएको थियो । सलमानको ‘रेस ३’, आमिरको ‘ठ्ग्स अफ हिन्दोस्तान’शाहरुखको ‘जिरो’ तीनै फिल्म बक्सअफिसमा सफल रहेनन् । धेरै समय पछाडि तीनै खानको फिल्म एकै वर्षमा दर्शकले हेर्न पाएका थिए । तर, बिदा लक्षित गर्दै आएका ती फिल्महरूले दर्शक र समीक्षक दुवैलाई निराश बनाए। 

यो वर्ष पुनः दुई खानको फिल्म आउँदैछ । सलमानले बीचमा धेरै नै फिल्म गरेता पनि शाहरुख र आमिरले बल्ल दर्शक समक्ष फिल्म ल्याउँदैछन् । आउँदो अगस्टमा आमिरको फिल्म लाल सिंह चड्डा प्रदर्शनमा आउँदैछ । त्यसपछि सलमान अभिनित कभी इद कभी दिवाली फिल्म क्रिसमसमा प्रदर्शनमा आउने छ । र, आगामी वर्ष शाहरुखको ‘पठान’ प्रदर्शन हुनेछ । त्यसो त सलमानको ‘टाइगर ३’ पनि सन् २०२३ को इदलाई प्रदर्शन तोकिएको छ । 

सन् २०१८ लाई खानलाई नफापेको वर्षका रुपमा चिनिएको थियो । त्यो वर्ष यिनका फ्यान मात्र निराश भएनन् । फिल्म प्रदर्शकले पनि ठुलो घाटा बेहोरे । कोरोना भाइरसको महामारी पश्चात ओटीटीसँगै साउथ इन्डियन फिल्मको दबदबामा बलिउड परेको समयमा यी खानहरुले नै पुनः बलिउडलाई लयमा ल्याउने विश्वास धेरैको छ । 

लाल सिंह चड्डा

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ प्रतीक्षित छ । आमिरले लामो समय लगाएर फिल्म तयार गरेका छन् । साथै उनको फेभरेट एक्टर टम ह्यांक्स अभिनीत फिल्म ‘फरेस्ट गम्प’ को यो हिन्दीमा अफिसियल रिमेक समेत हो । यसैले गर्दा पनि फिल्मको प्रतीक्षा आमिरको फ्यानलाई तीब्र छ । 

ओस्कार विजेता टम ह्याक्सको ‘फरेस्ट गम्प’ मा आधारित फिल्म ‘लाल सिंह चड्डा’ मा आमिर शीर्ष भूमिकामा छन् । फिल्ममा उनको बाल्य अवस्था देखि वृद्ध अवस्थासम्मको यात्रा र बदलिदो संसारलाई देखाइनेछ । यसमा आमिरको अपोजिट कास्टमा करीना कपूर खान छिन् । फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिनप्ले अतुल कुलकर्णीले गरेका छन् ।

कभी इद कभी दिवाली 

सलमान खानले निर्देशन समेत गर्न सक्ने फिल्म ‘कभी इद कभी दिवाली’ यहीँ वर्षको क्रिसमसमा रिलिज गर्ने भनिएको छ । यद्यपि फिल्मको छायांकन समेत हुन् सकेको छैन । सलमानले आफ्नो मिल्ने साथी साजिद नडियाडवालासँग मिलेर निर्माण गर्ने भनिएको फिल्ममा अब सलमान मात्र निर्माता छन् । साजिदले निर्देशन गर्ने भनिएको फिल्मबाट हात झिकेपछि यसलाई सलमान स्वयंले निर्देशन गर्ने चर्चा बढेको छ । फिल्ममा सलमानको को-स्टारको रुपमा पुजा हेग्डे छिन् । 

फिल्मको छायांकन अप्रिलमा सुरु गर्ने र क्रिसमसमा रिलिज गर्ने सलमानले सामाजिक सञ्जालमार्फत बताएका थिए । यद्यपि साजिदले निर्माणबाट हात झिकेपछि छायांकन केही ढिला हुन् सक्ने अनुमान गरिएको छ । 

पठान 

यशराज फिल्म्सका आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गरिरहेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्ममा शाहरुख खान , जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् ।

‘जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसै फिल्ममार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन्। एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँदो वर्ष सन् २०२३ को जनवरी २५ मा दर्शकले हेर्न पाउने छन् । फिल्ममा सलमान खान पनि देखिनेछन् । उनी फिल्ममा टाइगर अर्थात अविनाश सिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन । उनको ‘टाइगर’ अवतारलाई फिल्ममा सिद्धार्थले जोडेका छन् ।

पठानको कथाले ‘टाइगर ३’ मा निरन्तरता पाउने भएपछि शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक निकै खुशी छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १ : ४४ बजे

आज २०८१ साल असोज २१ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २१ गते सोमबार तदनुसार

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ