दुनाटपरी बेचेर मनग्य आम्दानी | Khabarhub Khabarhub

दुनाटपरी बेचेर मनग्य आम्दानी


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- दुनाटपरी बचेर कृष्णपुर नगरपालिका– ६ बन्जरियाका श्यानी देवी चौधरीले घरखर्च चलाउँदै आएकी छिन्। घरको कामबाट फुर्सद पाइएका बेला उनले दुनाटपरी बनाउँछिन्।

उनका अनुसार बनाइएका ती दुनाटपरी नजिकैको गुलरी बजार र कैलालीको धनगढी बजारमा बिक्री हुने गर्दछ  । उनले भनिन्,“ बाँसको सिन्का सालको पातमा गाँसेर दुनाटपरी बनाउँदै आएको छु । यसबाट महिनामा रु १० हजारदेखि रु १५ हजार जति आम्दानी हुने गरेको छ ।”

महाकाली सामुदायिक वनले दुनाटपरी बनाउनका लागि पात ल्याउनका लागि सहज गरिदिएको जनाइएको छ। उनले भनिन्, “पात ल्याएर फुर्सदका बेला दुनाटपरी लगाउँछु । लगाएको दुनाटपरी बिक्री गरेर आउने पैसाले समूह बचत गर्ने कार्यसँगै घरको नुन, तेल, साबुन, कपडा धुने सोडा खरिद गरेर ल्याउँ छु ।” विद्यालयमा पढ्ने बालबालिकाको खर्चसमेत दुनाटपरी बिक्री गरी आएको पैसाले धान्ने गरिएको छ ।

घरको अत्यावश्यक कार्यका लागीसमेत दुनाटपरी बेचेर आएको पैसा खर्च हुने गरेको उनले बताइन्। धेरैजसो धार्मिक कार्यका लागि दुनाटपरीको प्रयोग हुन्छ । मन्दिर, बौद्ध गुम्बालगायतमा दुना टपरीको बढी माग आउने गर्दछ । “पहिला एक दुनाटपरी तीन रुपैयाँमा बिक्री हुन्थ्यो । हाल मूल्य बढेर पाँच रुपैयाँमा बिक्री हुन्छ । जति बनाउन सक्यो त्यतिनै फायदा छ” किसान चौधरीले भनिन्। 

दुनाटपरी विशेष गरी सालको पात र मालुको पातको बन्ने गरेको छ । सालको पातको दुनाटपरी बढी दिनसम्म चल्ने भएकाले त्यसकै माग बजारमा बढी हुने गरेको छ ।

दुनाटपरीसमेत विभिन्न प्रकारको हुने गरेको छ । जसमा बमुन्या पत्री, बोसो डोन्या, चिरी डोन्या, डोष्टी डोन्या बढी प्रचलित रहेका छन । देख्नमा आकर्षक र ठूला आकारका दुनाटपरी ग्राहकले बढी रुचाउने गरेका छन् । 

“बजार दुनाटपरीको माग धेरै छ” श्यानी देवीले भनिन्, “पुर्‍याउनै सकिदैन । जति बनाए पनि बजारमा बिक्री हुन्छ । यसलाई व्यवसायिकरण गरी बजारमा ल्याउन सके बढी आम्दानी लिन सकिन्छ ।” उनले बुहारीलाई समेत दुनाटपरी बनाउने सीप सिकाउने कार्य गरेकी छिन्।

यससँगै सामुदायिक वनले उपभोक्ताको आयआर्जनमा टेवा पुर्‍याउनुका लागि सञ्चालन गरेको दुनाटपरी बनाउने तालिममा प्रशिक्षक भएर बीस  महिलालाई सीप सिकाउने कार्यलाई निरन्तरता दिँदै आएका छन् । श्यानी जस्तै बिर्सना चौधरीलेसमेत दुनाटपरी बनाइ बजारमा बिक्री गर्ने कार्यमा संलग्न भएकी छिन्।

“पहिला ग्राहक खोज्न निकै अप्ठेरो थियो” उनले भनिन्, “हाल ग्राहक दुनाटपरी खोज्दै घरमै आइपुग्ने गरेका छन् । घरमै आफूलाई पनि दुनाटपरी चाहिन्छ । माग आए अनुसार बजारमा समेत बेच्छौ ।”थारु समुदायमा दुनाटपरी बनाउने कला पुस्तौंदेखि पुस्तान्तरण हुँदै आएको छ । धार्मिक कार्य र अनुष्ठानमा सालको पातका दुनाटपरी सामग्री राख्नका लागि परापूर्वकाल देखिनै प्रयोग हुँदै आएका छन् । 

हाल  यसको प्रचलन पहिला जस्तै रहेको छ । धार्मिक कार्यसँगै थारु समुदायले दुनाटपरीमा खानाका परिकार पस्केर खाने कार्यसमेत हुँदै आएको छ । पहाडी समुदायलेसमेत धार्मिक कार्यमा दुनाटपरीको प्रयोग गर्दै आएका छन् । महकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशी दुनाटपरीको माग बजारमा बढ्दै गएकाले मेसिनको व्यवस्था गरी व्यावसायिक रुपमा दुनाटपरी उत्पादन गरी बजारमा बिक्री गर्ने योजना रहेको जानकारी दिए।

यस व्यवसायमा आर्थिक रुपमा विपन्न रहेका उपभोक्ताको सहभागिता गराई आर्थिक रुपमा सवल पार्ने योजना रहेको उनको भनाइ छ । हिन्दु धर्ममा दुनाटपरीको प्रयोग व्यक्तिको जन्मदेखि मृत्यु संस्कार सम्ममा प्रयोग हुने गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १ : ५० बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट