‘एक असाधारण अन्तर्वार्ता’ मा ६ अद्भूत कथा « Khabarhub

‘एक असाधारण अन्तर्वार्ता’ मा ६ अद्भूत कथा


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशनमा आएको छ । युयुत्सु आरडी शर्माद्वारा अनूदित सो सङ्ग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्वप्रसिद्ध कथाकार ‘मा चुन्ची’ का  शीर्ष कथालगायत ६ कथा समाविष्ट छन् । 

निराला पब्लिकेसन्स नयाँदिल्लीद्वारा प्रकाशित सो सङ्ग्रहका कथाहरू अतीतावलोकन (पुरानो स्मृतिलाई अगाडि ल्याउने) गरी प्रस्तुत गरिएको छ । धेरै पुरस्कारहरू प्राप्त प्रा मा पूर्वस्मृति शैलीमा नाम कहलिनुभएको आख्यानकार मानिनुहुन्छ ।  हालसम्म उहाँका कृति २० भन्दा बढी भाषामा ४० देशमा ६० औँ संस्करणसम्म पनि प्रकाशन भएका छन् । 

आधुनिक चीनका निम्नवर्गीय पात्रहरू जस्तै लठ्यौरा, मूर्ख, बौलाहा आदिको चित्रण गरिएका ती कथामा अद्भूत व्यङ्ग्य पाइन्छ ।  एक कथाको चरित्र अर्काे कथाका चरित्रसँग मिल्दाजुल्दा पनि भेटिन्छन् । 

अनुवादक शर्माले नेपाली समाजसँग पनि मिल्दाजुल्दा ती कथाहरूमा चीनको सांस्कृतिक परिवर्तनदेखि आधुनिक विकाससम्मको पृथक परिचय पाइने बताए। 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : ०१ बजे

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई

भोटेकोशी बाढीको २० दिनपछि बालेनले भेटे स्थानीय तहका जनप्रतिनिधि

ठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गत भदौ १०