इजरायली सेनाको गोली लागी अल जजीराकी पत्रकारको मृत्यु « Khabarhub

इजरायली सेनाको गोली लागी अल जजीराकी पत्रकारको मृत्यु


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर कतारी टेलिभिजन च्यानल अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ ।

इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल अल जजीरा र प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ । गोली हानिएका बेला उनले ‘प्रेस’ लेखेको ज्याकेट लगाएको अल जजीराले जनाएको छ । 

सेना र प्यालेस्टिनी बन्दुकधारीबीचको झडपको क्रममा उनी मारिएको हुनसक्ने इजरायली सेनाले जनाएको छ । आक्रमणमा अर्का पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ । 

अक्लेह अल जजिराको अरबी समाचार सेवामा महत्वपूर्ण व्यक्तित्व थिइन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : ०८ बजे

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा

वालेन्द्र क्याबिनेटमा पुगे ६ महिला सदस्य, ३७ प्रतिशत सहभागिता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा उल्लेखनीय रूपमा महिला सहभागी