छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेँशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो ।

उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी ललितपुर महानगरपालिका–२४ घापाखेल बस्ने सिरहाका २६ वर्षीय भीम विकको करेन्ट लागेर मृत्यु भएको छ । 

सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधीन ती तले घरको माथिल्लो तलामा काम गर्ने क्रममा मंगलबार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रमा पाटन अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ३ : १७ बजे

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा

कर्णाली राजमार्गका चार रुग्ण ठेक्का तोडिए

जुम्ला – जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौं – सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

श्रम स्वीकृति अब आवेदनकै दिन, टोकन प्रणाली खारेज गरिने

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा