करणको फिल्ममा शाहरुख पक्का, काजोलले के गर्लिन् ? « Khabarhub

करणको फिल्ममा शाहरुख पक्का, काजोलले के गर्लिन् ?


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा निर्देशक तथा निर्माता करण जोहरसँग शाहरुख खान र काजोलको सम्बन्धको बारेमा बताइरहनु पर्दैन ।

 ‘कुछ कुछ’ होता है’ मार्फत बलिउडमा स्थापित नै भएका करण, शाहरुख र काजोलले एकसाथ फिल्महरूमा काम गरेका छन् । शाहरुख र काजोलको जोडीलाई दर्शकले अत्यधिक रुचाएका छन् । यो जोडीले अन्तिम पटक फिल्म ‘दिलवाले’ मा स्क्रीन सेयर गरेको थियो । 

‘दिलवाले’ फ्लप भएपछि यो जोडीसँगै देखिएको छैन । यद्यपि यो जोडीलाई करणको आउँदो फिल्म ‘रकी और पिंकीकी प्रेम कहानी’  मा देख्न सकिने छ । करणले आफ्नो प्राय फिल्ममा काजोललाई केमियो गराउँदै आएका छन् । करण निर्देशित ‘ए दिल है मुस्किल’ मा भने शाहरुखले केमियो गरेका थिए । त्यस समयमा करणको फिल्मसँग अजय देवगण निर्देशित फिल्म ‘शिवाय’ सँगै प्रदर्शनमा आएको थियो । 

काजोलसँगै करणले आफ्ना फिल्महरुमा शाहरुखलाई पनि केमियो गराउँदैछन् । करण यी दुईलाई आफ्नो ‘लक’ मान्दछन् । यद्यपि त्यसबेलाको तिक्तता दुईबाट नै हटिसकेको छ । यसैले गर्दा करणको फिल्ममा काजोलसँगै यसपटक शाहरुखको समेत केमियो रहने छ । यो जोडीलाई फिल्ममा करणले कैद गर्दैछन् । फिल्मको लागि शाहरुखले समय दिइसकेका छन् । यद्यपि काजोलले भने डेट दिएकी छैनन् । तर, करणसँग काजोलको सम्बन्ध खास भएकाले पनि उनले फिल्ममा केमियो गर्नेमा डाउट छैन । 

मुम्बईमा सुट हुने सिनको बारेमा अन्य जानकारी दिइएको छैन । करण आफ्नो अन्य फिल्म झैँ यसमा पनि सरप्राइज होस् भन्ने चाहन्छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ४ : ०८ बजे

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको