श्रम स्वीकृति लिनेको संख्या बढ्यो « Khabarhub

श्रम स्वीकृति लिनेको संख्या बढ्यो


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीको जोखिम घटेसँगै वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख ५६ हजार ३१ पुगेको छ ।

२०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उनीहरूले अन्तिम श्रम स्वीकृति लिएका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या ७४.९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या चैत महिनासम्म १९९.९ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ६२९ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ४ : १४ बजे

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो