वेष्ट इन्डिजविरुद्ध एकदिवसीय श्रृंखला पाकिस्तानलाई « Khabarhub

वेष्ट इन्डिजविरुद्ध एकदिवसीय श्रृंखला पाकिस्तानलाई


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वेष्ट इन्डिजविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला घरेलु टोली पाकिस्तानले एक खेल अघिनै जितेको छ ।

शुक्रबार भएको खेलमा १२० रनको जित निकाल्दै पाकिस्तानले तीन खेलको श्रृंखला एक खेल अघिनै २–० ले जितेको हो ।

मुल्तानमा २७६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३२ ओभर २ बलमा सबै विकेट गुमाउँदा १५५ रनमा समेटियो । वेष्ट इन्डिजका सामर ब्रुकले सर्वाधिक ४२ रन बनाए ।

केयले मायर्स ३३, कप्तान निकोलास पुरनले २५ रनको बनाए । पाकिस्तानका प्लेयर अफ दि म्याच मोहम्मद नवाजले सर्वाधिक ४ विकेट लिए। मोहम्मद वासिमले तीन विकेट लिए ।

यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको पाकिस्तानले दुई खेलाडीको अर्धसतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७५ रन बनायो । पाकिस्तानका बबर अजामले सर्वाधिक ७७ रन बनाए । अमाम उल हकले ७२ रनको योगदान गरे ।

सदाव खान र खुस्दील शाहले समान २२ रन जोडे । वेष्ट इन्डिजका एकेअल हुसेइनले सर्वाधिक तीन विकेट लिए ।

तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : ०६ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने