रुसी सत्ताको विरुद्धमा फुटबलरको आवाज | Khabarhub Khabarhub

रुसी सत्ताको विरुद्धमा फुटबलरको आवाज


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नाड्या कारपोभा। नाड्यको पुरा रूप नाडेज्डा। रुसी भाषामा यसको अर्थ ‘आशा’हो। यसै अर्थ झल्कने ट्याटु उनले अगाडि घाँटीमा नै खोपेकी छिन्। २१ वर्षको उमेरमा उनले यो खोपेकी थिइन्। तर, उनलाई अहिले पनि यो थाहा छैन कि उनको आशा के विषयमा हो ?

२४ फेब्रुअरीमा भ्लाडिमिर पुटिनले युक्रेनमाथि आक्रमणको घोषणा गरेसँगै थोरै खेलकर्मीले यसको विरुद्धमा आवाज उठाएका थिए। ती थोरै मध्यकी एक उनी पनि हुन्। देशका तत्कालीन समयमा राष्ट्रिय खेलाडी मध्य तीन जनाले यो आवाज उठाएका थिए।

रुसको पुरुष फुटबल टिमका डाइनामो मस्कोका फरवार्ड सिमोर मेस्टोलोभले इन्सटाग्राममा ‘नो वार’ भनेर पोस्ट गरेका थिए। त्यसपछि उनी अझै मौन छन्। स्पाटार्क मस्कोका फरवार्ड अलेक्जेन्डर सोबोलोभले पनि सामाजिक सञ्जालमा त्यसै खालका सन्देश राखेका थिए।

रुसको पुरुष फुटबल टिमका डाइनामो मस्कोका फरवार्ड सिमोर मेस्टोलोभले इन्सटाग्राममा ‘नो वार’ भनेर पोस्ट गरेका थिए। त्यसपछि उनी अझै मौन छन्। स्पाटार्क मस्कोका फरवार्ड अलेक्जेन्डर सोबोलोभले पनि सामाजिक सञ्जालमा त्यसै खालका सन्देश राखेका थिए। तर, उनले केही समयमा नै त्यसलाई हटाए।

यो अभियानमा सरिक कारपोभा स्पेनको क्लब इस्पानीयोलका लागि फुटबल खेल्ने गर्छिन्। रुसी सत्ताले थालेको युद्धविरुद्धमा आवाज उठाउने एक्लो महिला राष्ट्रिय फुटबलर उनी मात्र हुन्। उनले प्रत्येक दिन सो आवाजलाई बुलन्द पार्न सुरु गरेकी थिइन्। १ लाख ४३ हजार फलोअर भएको सामाजिक सञ्जालमा उनले युद्ध विरोधी अभिव्यक्ति राख्न थालेपछि यसले सरकारको समेत टाउको दुखाएको थियो।

‘म यस अमानवीय गतिविधिमा चुप लागेर बस्न सकिन,’ उनले भनिन् ‘म रुसमा नै भएको भए के हुन्थ्यो थाहा थिएन। तर, स्पेनमा भएका कारण केही भएको छैन। युद्धको विरुद्धमा बोल्नु मेरो जिम्मेवारी हो भन्ने महसुस भएकाले यो आवाज उठाएको हुँ।’

२७ वर्षीया कारपोभा सन् २०१७ देखि बार्सिलोनामा बसोबास गरिरहेकी छिन्। रुसका लागि २७ खेल खेलेकी उनले अन्तिम पटक पाँच वर्ष अगाडि भएको युरोपेली च्याम्पियनसिपमासमेत सहभागिता जनाएकी थिइन्। युरोपेली च्याम्पियनसिपको अर्को संस्करण यसै महिना इंग्ल्यान्डमा आयोजना हुँदैछ। तर, रुसलाई सो प्रतियोगितामा प्रतिबन्ध लगाइएको छ।

रुसी सत्ताले थालेको युद्धविरुद्धमा आवाज उठाउने एक्लो महिला राष्ट्रिय फुटबलर उनी मात्र हुन्। उनले प्रत्येक दिन सो आवाजलाई बुलन्द पार्न सुरु गरेकी थिइन्।

अहिले रुसले नयाँ कानुन ल्याएको छ। सत्ता र राज्यविरुद्ध गतिविधि रोक्ने यो कानुनलाई ‘फेक न्युज’को नाम दिइएको छ। यस कानुन अनुसार १५ वर्षसम्म जेल सजाय हुनसक्छ। त्यहाँ कुनै पनि सामान्य अभिव्यक्तिले पनि सेना विरोधी धारणा राखेका ठहर हुनसक्छ।

उनी कुनै सञ्चार माध्यमसँग कुरा गर्दा ध्यान दिएर कुरा गर्नुको मतलब यो होइन कि आफैले आफैलाई सेन्सर गरेकी छिन्। अर्थात्, उनी रुसी सरकारसँग डराएकी छन्। कारपोभाले ध्यानपूर्वक कुरा गर्नुको मतलब यो हो कि उनले भन्नु पर्ने कुनै पनि कुरा नछुटोस्।

‘रुसी सरकारले आफू विशेष भएकाले सिङ्गो संसार नै आफ्नो विरुद्धमा लागेको भन्ने प्रोपोगान्डा मच्चाएर नागरिकलाई दिग्भ्रमित पारेको छ,’ उनले भनिन् ‘ कुन रसियनको कुरा गर्ने ? कुन रसियन विशेष भएको कुरा गर्ने ? मलाई अहिले पनि रुसी भएकोमा आत्मग्लानी छैन। रसियन भन्ने बित्तिकै सरकार र पुटिन पनि होइन।’

‘हामीले मौन बसेर सहमति जनाएकै कारण रुसी सरकारले हामीसँग सबै चिज खोसेको छ। हाम्रो भविष्य खोसेको छ। सरकारले बलियो प्रतिकारको सामना गरेकै छैन। यो हाम्रो काम होइन भन्दै धेरै जना आँखा चिम्लिएर बसेका छन्,’ उनले थप भनेकी छन्।

पछिल्लो पटक उनी सरकार विरोधी भएका कारण यातना भोगेका यालेक्सी नाभाल्नीको पक्षमा उभिएकी थिइन्। तर, उनलाई आफूले उठाएको आवाज अझै पर्याप्त नभएको ठहर भएको छ।

‘हामीले मौन बसेर सहमति जनाएकै कारण रुसी सरकारले हामीसँग सबै चिज खोसेको छ। हाम्रो भविष्य खोसेको छ। सरकारले बलियो प्रतिकारको सामना गरेकै छैन। यो हाम्रो काम होइन भन्दै धेरै जना आँखा चिम्लिएर बसेका छन् ।’

उनकै विचारमा अहिले युद्धको पक्षमा वकालत गर्नेहरू प्रोपोगान्डाको सिकार मात्र भएका हुन्। उनीहरूलाई दया गर्नुको अर्को विकल्प पनि हुन सक्दैन। उनीहरूको मनमा रहेको त्यो कुरा हटाउन पनि आवश्यक भएको उनको ठहर छ।

कारपोभा २२ वर्षको उमेरमा स्पेन पुगेकी हुन्। युरो २०१७ पछि भ्यालेन्सीयाले उनलाई अनुबन्ध गरेको हो। नेदरल्यान्डमा भएको प्रतियोगितामा रुस नक आउट चरणमा प्रवेश गर्न नै असफल भएको थियो। उनी पनि पहिलो चरणका तीन वटै खेलमा वैकल्पिक खेलाडीको रूपमा मात्र मैदानमा प्रवेश गरेकी थिइन्।

त्यसको एक वर्ष अगाडि मात्र उनी फुटबल स्टार लियोनेल मेसीबाट प्रेरित थिइन्। एडीडासको विज्ञापन अभियानमा मेसीले उनीसहित संसारका नौ युवा फुटबलरसँग फोटो खिचेका थिए।

उनको चासो त्यस समयमा फुटबलका लागि उपयुक्त वातावरण भएको स्थानमा बसोबास गर्नु थियो। उनलाई रुसको मौसम पनि प्रतिकुल लाग्न थालेको थियो। रुसमा जाडो महिनामा फुटबल खेल्दा मजा नआउने उनको अनुभव थियो।

स्पेन आएपछि उनी कुनै पनि कुरासँग डराउन छाडिन्। आफू लेस्बीयन भएको कुरा सार्वजनिक गर्नसमेत उनलाई कुनै अप्ठेरो थिएन।

‘स्पेनमा प्रशिक्षकले नै के तिम्री गर्ल फ्रेन्ड पनि खेल हेर्न आउने हो भनेर हामीलाई सोध्न सक्छन्’, उनले भनिन्। बाल्यकालदेखि नै आफू समलिङ्गी भएको कुरा लुकाउँदै आएकी उनले स्पेनमा व्यावसायिक खेल खेल्न सुरु गरे पश्चात् यस बारेमा खुलस्त कुरा गर्न चाहेकी हुन्।

क्लबका मालिक रोसीयान्काले नै उनका बाबुलाई छोरी लेस्बीयन भएकोमा सहमत गराउन प्रयास गरेका थिए। कारपोभा भन्छिन्, ‘उनीहरूले ठान्छन् कि हामीलाई फरक व्यवहार गर्नुपर्छ। म जब १८ वर्षकी थिएँ। मेरा बाबुले नै मलाई एक पुरुषसँग घुम्न पठाउनुभयो। तर, त्यस समयमा हाम्रो बीचमा फुटबलबाहेक कुरा भएन। अन्य कुनै विषयमा मेरो रुचि नै भएन।’ उनले अगाडि भनिन्, ‘रुस र स्पेनमा एलजीबीटीका बारे गरिने व्यवहार धेरै फरक छ।’

सन् २०१३ मा लामो सङ्घर्षसँगै कथित रुसी मूल्य मान्यता तोड्दै समलिङ्गीले थप अधिकार पाएका थिए। अहिले रुसमा कोही पनि खुलेका गे राष्ट्रिय फुटबल टोलीका सदस्य छैनन्। रुसमा सामाजिक बहिष्कारका डरले गेहरु लुकेरै बस्ने गरेको कारपोभा बताउँछिन्। सुरुमा अल्पसङ्ख्यकमाथि दुर्व्यवहार गर्ने रुसी सत्ताले अहिले युद्धको विरुद्धमा बोल्नेमाथि दुर्व्यवहार गर्ने गरेका छन्।

रसियनसँग आफ्नो अहिलेको कामको कुनै सम्बन्ध नरहेकोमा खुसी छिन्। उनी यस वर्ष घर गएर अभिभावक र साथीसँग बिदा मनाउने योजना भने तत्कालमा लागि त्याग्ने भएकी छन्।

गत मार्चमा उनी इस्पानीयोलमा आबद्ध भएकी हुन्। त्यस टोलीमा उनकी जोडीदार फरवार्ड युक्रेनकी टामीयल किमिच हुन्। सुरुमा कारपोभालाई भेट्ने बित्तिकै ती युक्रेनी खेलाडीले टोलाएर हेरेकी थिइन्। उनी युद्ध विरोधी रुसी भएकोमा सुरुमा त किमिचलाई विश्वास नै थिएन।

उनको साथीका घर परिवारका सबै जना ठिक अवस्थामा छन्। यसमा कारपोभा खुसी छन्। तथापि यस बीचमा थुप्रै युक्रेनी मारिएका छन्। यी युक्रेनी मारिएकोमा उनी दुःखी पनि छन्। युद्ध जारी रहेको समयमा धेरै युक्रेनी असुरक्षित छन्। उनी चाँडो युद्ध समाप्त भएर युक्रेनी सुरक्षित भएको दिनको प्रतिक्षा गरेर बसेकी छन्। तर, त्यो दिन कहिले आउँछ उनलाई थाहा छैन।

उनी रसियनसँग आफ्नो अहिलेको कामको कुनै सम्बन्ध नरहेकोमा खुसी छिन्। उनी यस वर्ष घर गएर अभिभावक र साथीसँग बिदा मनाउने योजना भने तत्कालमा लागि त्याग्ने भएकी छन्।

‘अहिले धेरै रुसी खेलाडी युद्धको विरुद्धमा छन्। बोल्ने हिम्मत भएन भन्दैमा यो सङ्ख्यालाई थोरै ठान्नु हुँदैन,’ उनले थप बताएकी छन्, ‘यसरी सबै चुप लागेर बस्ने दिनको पनि अन्त्य हुन सक्छ।’

उनी चाँडो यो सरकारको पनि आयु सकिने र चाँडो नयाँ जिन्दगीमा फर्कने आशा गरेर बसेकी छन्। श्रोत : बिबिसी

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ७ : ३६ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने