दलित छात्रको पठनपाठनको जिम्मा देशकै जेठो गुरुकुलले लिने « Khabarhub

दलित छात्रको पठनपाठनको जिम्मा देशकै जेठो गुरुकुलले लिने


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – २१ जेठमा बर्दियाका नरेन्द्र सुनार आफ्ना २ जना छोरासहित ४ जना बच्चालाई पुरोहित पढाउन ललितपुर  हानिदा दलित भएकै आधारमा भर्नाबाट नै वञ्चित भइन्छ भनेर सोचेका पनि थिएनन् ।

शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलमा भर्ना गर्ने तयारीसहित जब आश्रम पुगे तब नरेन्द्रका लागि ठिक उल्टो बन्यो । सोधखोजको क्रममा अध्ययन गर्ने बालक  दलित भएको थाहा पाएपछि भर्ना सिट नभएको भन्दै गुरुकुलले त्यतिकै फर्काइदियो ।

तर, कहिलेकाहीँ कसैले नराम्रो गर्न खोज्दा राम्रो बनिदिन्छ भन्ने भनाइ नरेन्द्र सुनारलाई लागू भएको छ । दलित भएकै आधारमा भर्ना  नपाएको समाचार केही सञ्चार माध्यमहरूले सम्प्रेषण गरेपछि नरेन्द्रका छोराहरूले ३०४ वर्ष पुरानो  देशकै जेठो गुरुकुल महोत्तरीको मट्टीहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा भर्ना हुने सौभाग्य प्राप्त गरेका छन् ।

‘केही सञ्चार माध्यममा दलित भएकै आधारमा भर्ना नपाएको भन्ने समाचार देखेपछि हामीले भर्ना गर्ने घोषणा गरेका हौ’, मट्टीहानीस्थित उक्त गुरुकुलका प्राचार्य इश्वरी पौडेलले भने । चारै जना छात्रहरुको पठनपाठन, बसोबास र खानपानको सम्पूर्ण व्यवस्था गुरुकुलले नै जिम्मा लिने प्राचार्य पौडेलको भनाइ छ ।

बालगुरु षडानन्दले समेत शिक्षा लिएको उक्त गुरुकुलमा कसैलाई पनि भेदभावको नजरले नहेरिने बताउँदै प्राचार्य पौडेलले भने ‘हाम्रो विद्यालयमा दलित मात्र हैन इस्लाम धर्मका धर्मावलम्बीसमेत अध्ययन गरिरहेका छन्  ।’

४ मध्ये २ जनालाई चितवनको देवघाटमा भर्ना लिने बताएता पनि पठनपाठनमा समस्या बन्ने अभिभावकहरूको गुनासो छ  । ३ महिनासम्म परीक्षण हुने र त्यसपछि सुधार नभए पठनपाठनको जिम्मा नलिने सर्तमा भर्ना गर्न लागेको अभिभावकहरूको भनाइ छ ।

अभिभावकहरूको पुरोहित बनाउने सपनालाई साकार बनाउन आफूहरू प्रतिबद्ध रहेको बताउँदै प्राचार्य पौडेलले छात्रहरुलाई निर्धक्क भएर मट्टीहानीस्थित गुरुकुल पठाउन आग्रह गरे ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १० : ४३ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट