दलित छात्रको पठनपाठनको जिम्मा देशकै जेठो गुरुकुलले लिने « Khabarhub

दलित छात्रको पठनपाठनको जिम्मा देशकै जेठो गुरुकुलले लिने


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – २१ जेठमा बर्दियाका नरेन्द्र सुनार आफ्ना २ जना छोरासहित ४ जना बच्चालाई पुरोहित पढाउन ललितपुर  हानिदा दलित भएकै आधारमा भर्नाबाट नै वञ्चित भइन्छ भनेर सोचेका पनि थिएनन् ।

शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलमा भर्ना गर्ने तयारीसहित जब आश्रम पुगे तब नरेन्द्रका लागि ठिक उल्टो बन्यो । सोधखोजको क्रममा अध्ययन गर्ने बालक  दलित भएको थाहा पाएपछि भर्ना सिट नभएको भन्दै गुरुकुलले त्यतिकै फर्काइदियो ।

तर, कहिलेकाहीँ कसैले नराम्रो गर्न खोज्दा राम्रो बनिदिन्छ भन्ने भनाइ नरेन्द्र सुनारलाई लागू भएको छ । दलित भएकै आधारमा भर्ना  नपाएको समाचार केही सञ्चार माध्यमहरूले सम्प्रेषण गरेपछि नरेन्द्रका छोराहरूले ३०४ वर्ष पुरानो  देशकै जेठो गुरुकुल महोत्तरीको मट्टीहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा भर्ना हुने सौभाग्य प्राप्त गरेका छन् ।

‘केही सञ्चार माध्यममा दलित भएकै आधारमा भर्ना नपाएको भन्ने समाचार देखेपछि हामीले भर्ना गर्ने घोषणा गरेका हौ’, मट्टीहानीस्थित उक्त गुरुकुलका प्राचार्य इश्वरी पौडेलले भने । चारै जना छात्रहरुको पठनपाठन, बसोबास र खानपानको सम्पूर्ण व्यवस्था गुरुकुलले नै जिम्मा लिने प्राचार्य पौडेलको भनाइ छ ।

बालगुरु षडानन्दले समेत शिक्षा लिएको उक्त गुरुकुलमा कसैलाई पनि भेदभावको नजरले नहेरिने बताउँदै प्राचार्य पौडेलले भने ‘हाम्रो विद्यालयमा दलित मात्र हैन इस्लाम धर्मका धर्मावलम्बीसमेत अध्ययन गरिरहेका छन्  ।’

४ मध्ये २ जनालाई चितवनको देवघाटमा भर्ना लिने बताएता पनि पठनपाठनमा समस्या बन्ने अभिभावकहरूको गुनासो छ  । ३ महिनासम्म परीक्षण हुने र त्यसपछि सुधार नभए पठनपाठनको जिम्मा नलिने सर्तमा भर्ना गर्न लागेको अभिभावकहरूको भनाइ छ ।

अभिभावकहरूको पुरोहित बनाउने सपनालाई साकार बनाउन आफूहरू प्रतिबद्ध रहेको बताउँदै प्राचार्य पौडेलले छात्रहरुलाई निर्धक्क भएर मट्टीहानीस्थित गुरुकुल पठाउन आग्रह गरे ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १० : ४३ बजे

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल