होटेल बाहिर एक युवा मृत फेला | Khabarhub Khabarhub

होटेल बाहिर एक युवा मृत फेला


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – होटेल सी प्रिन्स बाहिर एक युवा मृत अवस्थामा फेला परेका छन् ।

सिद्धार्थनगर ३ स्थित उक्त होटेलबाहिर भुईँमा खसेको अवस्थामा ती युवा मृत भेटिएका हुन् ।

भैरहवा बसपार्कनजिकै रहेको होटेलमा शुक्रबार राति ७ जनाको समूहमा युवाहरू बसेका थिए । समूहमा बसेका युवामध्ये एक जनाको मृत्यु भएको हो ।

मृतक २४ वर्षीय अमित यादव रुपन्देही कोटहीमाई ५ का बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । होटेल सञ्चालकका अनुसार माथिल्लो तल्लाबाट चोरी गरी भाग्ने क्रममा लडेर मृत्यु भएको हुन सक्छ ।

सँगै बसेका अन्य साथीमध्ये ४ जना प्रहरी नियन्त्रणमा छन् । २ जना राती नै भागेका हुन । चोरी गरेर भाग्ने क्रममा होटेलबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चोरी गरेर भाग्ने अवस्थामा माथिल्लो तलाबाट भुईँमा खसेको देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ११ : ३३ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज