एनआरएनए एसिया सम्मेलन थाइल्याण्डमा हुने   « Khabarhub

एनआरएनए एसिया सम्मेलन थाइल्याण्डमा हुने  


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – गैरआवासीय नेपाली संघको एसिया क्षेत्रीय ९औँ बैठक तथा दोस्रो विज्ञ सम्मेलनको तयारी तीव्र पारिएको छ । एनआरएनए एसिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलका अनुसार सम्मेलनमा भाग लिन चाहनेहरुको लागि प्रतिनिधि दर्ता शनिवारदेखि सुरु गरिएको छ ।

अगस्ट २६ देखि २८ सम्म मिलिनियम हिल्टन होटेल बैंककमा आयोजना हुने उक्त सम्मेलनको मुख्य नारा मिलाप, टुगेदर वी स्ट्याण्ड राखिएको छ ।

तीन दिन सम्म चल्ने सम्मेलनमा दुई वटा औपचारिक सेसनको कार्यक्रम आयोजना गरिनेछ भने बाँकी अनौपचारिक तथा पर्यटकीय हुनेछन्।

तीन दिनको लागि ब्रेकफास्ट, लन्च र डिनरसमेत गरी सम्मेलन दर्ता शुल्क ३ सय डलर तोकिएको संयोजक पोखरेलले जानकारी दिए । सो रकममा प्रतिनिधिहरूले क्रुज सयर तथा कक्टेल ड्रिकंको आनन्द लिन सक्नेछन् ।

सम्मेलनमा गैरआवासीय नेपाली संघका अध्यक्षत्रय  कुल आचार्य, रविना थापा, डा। बद्री केसी लगायत संघका पदाधिकारीहरुको विशेष उपस्थिति रहनेछ । सम्मेलनमा पूर्वअध्यक्षहरु समेत विशेष अतिथिको रूपमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

२५ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने सो सम्मेलनमा  नेपाल सरकारका प्रतिनिधिहरू, संघका अध्यक्ष, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु पदाधिकारी तथा सदस्यहरु, मानार्थ सदस्यहरु, एसिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरू, विभिन्न देशका विज्ञहरु, अभियानकर्ताहरु, गैरआवासीय नेपाली, संचारकर्मीलगायको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रमा नेपाली समुदायमा रहेका समस्या, नेपालमा लगानी, वैदेशिक रोजगारी, नेपाली नागरिकताको निरन्तरतालगायत संस्थागत एकताको बारेमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ११ : ३८ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट