बूढानीलकण्ठमा सांस्कृतिक प्रज्ञाप्रतिष्ठान स्थापना गरिने « Khabarhub

बूढानीलकण्ठमा सांस्कृतिक प्रज्ञाप्रतिष्ठान स्थापना गरिने


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बूढानीलकण्ठ नगरपालिकाले नगरको धार्मिक, सांस्कृतिक तथा सामाजिक विकास गर्ने उद्देश्यले सांस्कृतिक प्रज्ञाप्रतिष्ठान स्थापना गर्ने भएको छ । कपन साहित्य समाजको आयोजनामा आज यात्री स्मृति कक्षमा भएको ‘नवनिर्वाचित जनप्रतिनिधि सम्मान’ कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखले ‘कल्चरल एकेडेमी’ का माध्यमबाट नगरको सामाजिक उन्नयन तथा सांस्कृतिक रूपान्तरण गर्नाका साथै प्राकृतिक तथा भौतिक सम्पदाको संरक्षण र विकास गरिने जानकारी दिए। 

सो अवसरमा नगर प्रमुख तथा समाजका संस्थापक अध्यक्ष मीठाराम अधिकारीले आगामी असार ९ गते हुने नगर परिषद्का लागि विस्तृत परियोजना प्रतिवेदनका साथ आफ्ना कार्यक्रम माग गर्न समाजलाई आग्रह गरेका छन् । उपप्रमुख अनिता लामाले नगरका इतिहास, कला, संस्कृति, पर्यावरण विकास आदि समेटिने प्रज्ञाप्रतिष्ठान बनाइने प्रतिबद्धता व्यक्त गरे। नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले आफ्नो संस्थाले पछिल्लो कार्यकालमा अप्राप्य ग्रन्थ र नयाँ गरी १५० कृति प्रकाशन गरेको जानकारी दिँदै शासकमा प्रज्ञा एवं सिर्जनाको महत्त्व बुझ्ने क्षमता हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कौशिकी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको साहित्यकार होमशङ्कर बास्तोलाद्वारा ५० को दशकको उत्तरार्द्धदेखी सत्तरीको दशकसम्म लिखित कवितासङ्ग्रह ‘भोका सपनाहरू’ विमोचन गरिएको थियो । कृतिमाथि समीक्षा गर्दै समाजका सल्लाहकार आरएम डङ्गोलले सङ्ग्रहमा द्वन्द्वग्रस्त परिस्थिति, निम्नवर्गीय भोगाइ र पीडा, नारी संवेदना आदिलाई राम्रोसँग चित्रण गरिएको बताए भने प्रतिष्ठानका अध्यक्ष चेतनाथ धमलाले विद्रोही चेतनाका साहित्यकार बास्तोलाका कविता सरल र बोधगम्य भएको स्पष्ट गरे । समाजका अध्यक्ष गणेशकुमार मिश्र र महासचिव लक्ष्मण अधिकारीले समाजका गतिविधिबारे चर्चा गरेका थिए ।

सो अवसरमा नगर प्रमुख, उपप्रमुखलगायत कपन क्षेत्रमा पर्ने वडा नं १०, ११ र १२ का वडाध्यक्ष नवराज भट्टराई, राजु अधिकारी र शम्भु भट्टराईलगायत सदस्यलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १२ : ३१ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच