शाह अष्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त « Khabarhub

शाह अष्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्रप्रताप शाहलाई अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ । नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयले उनलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो । मन्त्रालयले आज उनलाई पर्यटन दूतमा नियुक्त गरिएको नियुक्तिपत्र प्रदान गरेको छ । 

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले शाहलाई पर्यटन दूतमा नियुक्त गरेको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । शाहले नेपाली राजदूतावाससितको सरोकारवाला निकायसँगको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि काम गर्नुपर्ने बताइएको छ । शिक्षण र होटल व्यवसायमा आबद्ध शाह अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घका अध्यक्षसमेत हुन् । यसैगरी उनले गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका लागि उपाध्यक्ष भएर काम गरिसकेको बताइएको छ ।

कला क्षेत्रमासमेत रुचि राख्ने शाहले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १२ : ४३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस