रक्तदान सम्बन्धी जनचेतना फैलाउन साइकल र्‍याली « Khabarhub

रक्तदान सम्बन्धी जनचेतना फैलाउन साइकल र्‍याली


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्लड डोनर्श एशोसीएशन अफ नेपालले खबरहबसँगको सहकार्यमा साइकल र्‍याली सम्पन्न गरेको छ । शनिबार बिहान आयोजना गरिएको साइकल र्‍याली स्वयम्भूको चमती रोप वेदेखि सुरु भएर मनमैजु मन्दिर प्राङ्गणमा पुगेर समापन भएको हो।

स्वयम्भूको चमती रोपबाट सुरु भएको र्‍याली स्वयम्भू भगवान् पाउ, डल्लु, लकतिर्थ विष्णुमती, कङ्केश्वरी मन्दिर, नरदेवी, क्षेत्र पाटी, ठमेल, ठैंटी, असन, इन्द्रचोक, नयाँ सडक, जैसिदेवल, कोहिटी, कालीमाटी चोक, टंकेश्वर, नेपाल रेडक्रस कालीमाटी, रवि भवन, कुलेश्वर, टेकु, सानेपा पुल, कुपण्डोल, पाटन ब्लक बैङ्क, कोटेश्वर महादेश स्थान, जय बागेश्वरी, सिफल, कालोपुल, प्रहरी प्रधान कार्यालय नक्साल, लैनचौर, बेलायती र भारतीय दूतावास, सामाखुसी, नयाँ बसपार्क, हुँदै मनमैजु मन्दिर प्राङ्गणमा पुगेको थियो ।

सोही अवसरमा तारकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर प्राङ्गणमा रक्तदान कार्यक्रम पनि गरियो । ‘रक्तदान गरौँ मानवीय कार्यमा सहभागी बनौँ’, गरौँ रक्तदान आज अनि हरेक तीन तीन महिना’ जस्ता सन्देशसहित उपस्थित भएका साइकलिस्टहरुले रक्तदान सम्बन्धी जनचेतना फैलाउन मद्दत पुर्‍याएका थिए ।

कार्यक्रममा काठमाडौँ वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोलको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १ : ३९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया