काठमाडौँका सडकमा ‘नेपाल गौरव यात्रा’ (फोटो फिचर)  « Khabarhub

काठमाडौँका सडकमा ‘नेपाल गौरव यात्रा’ (फोटो फिचर) 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको माइतीघरमा चौथो ‘नेपाल गौरव यात्रा’ मनाइएको छ । विश्वभर जुन महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ । २० औँ शताब्दीको ६० औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको हो । यही क्रममा नेपालमा पनि चौथो पटक गौरव यात्रा निकालिएको हो ।

यस महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूसम्बन्धी विश्वव्यापी विभिन्न कार्यक्रम सञ्चालन हुने गर्छ । गौरवको महिनाको अवसरमा मनाइने उत्सव गौरव यात्रा (प्राइड परेड) हो ।

सीमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूप्रति हुने सामाजिक लाञ्छनालाई तोडेर पहिचानमा गौरव गर्ने सन्देश लिएर विश्व भरी नै गौरव यात्रा आयोजना हुने गर्छ । यो एउटा उत्सवजनक र्‍याली हो ।

नेपालमा गौरव यात्रा

नेपालमा ०७६ सालदेखि गौरव यात्रा मनाउन थालिएको हो । नेपालमा कुनै छुट्टै मितिमा गौरव दिवस (प्राइड डे) अस्तित्वमा नरहेकाले सीमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूसम्बन्धी सार्वजनिक कार्यक्रम र उपस्थिति वृद्धि हुने हेतुले गौरव यात्रा मनाउन थालिएको हो ।

स्टोनवाल विद्रोहको ५० औँ स्मरण दिवसको भोलिपल्ट नेपालमा पहिलो पटक गौरव यात्राको आयोजना भएको थियो । त्यसपछि जून महिनाको दोस्रो शनिबार प्रत्येक वर्ष गौरव यात्रा आयोजना गर्ने निर्णय भयो ।

तस्बिर: न्युज कारखाना

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  २ : १० बजे

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित