आफ्नो पार्टीलाई गठबन्धनले मूल्यांकन र सम्मान गर्न नसकेको खनालको आरोप  | Khabarhub Khabarhub

आफ्नो पार्टीलाई गठबन्धनले मूल्यांकन र सम्मान गर्न नसकेको खनालको आरोप 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको आरोप लगाएका छन् ।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नम्बर १५ का समाजवादी उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्री खनालले निर्वाचनमा गठबन्धनले ठीक ढंगले मूल्यांकन र सम्मान गर्न नसकेको र जसका कारण पार्टीलाई धेरै फाइदा नभएको धारणा राखे। उनले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो विजयी हासिल गरेको दाबी गरे । 

१५ वडामा पनि तालमेल गर्दा सबै पद गुमाउनुपर्ने भएकाले नै एक्लै चुनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उनको भनाई छ । खनालले विद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोसा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउँदै लैजानुपर्ने धारणा राखे ।

काठमाडौँको मेयरमा नयाँ मान्छे विजयी भएकाले सबैले सहयोग गर्नुपर्ने उनले बताए।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  २ : २९ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन