वडा अध्यक्ष रिजालको घरमा बालेनको ‘लन्च मिटिङ’ « Khabarhub

वडा अध्यक्ष रिजालको घरमा बालेनको ‘लन्च मिटिङ’


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँग छलफल थालेका छन् । सोही क्रममा शनिबार शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् ।

रिजालकै घर बालाजुमा भेट्न पुगेका शाहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव मागेका थिए । शाहले रिजालको कार्यशैलीबाट आफू प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेका थिए ।

लन्चसहितको सो मिटिङमा रिजालले फोहर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै यस कार्यमा मेयरलाई सघाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता गरे।

महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय सम्झाउँदा तोडफोड गरेर रिजाललाई सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  २ : ५५ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको