दया भन्छन्, 'कबड्डीमा मित्रताको कथा देखाउने चाहना छ'  | Khabarhub Khabarhub

दया भन्छन्, ‘कबड्डीमा मित्रताको कथा देखाउने चाहना छ’ 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा थोरै यस्ता फिल्म छन्, जसलाई दर्शकले ‘ब्रान्ड’ बनाइदिएका छन् । अर्थात् ती फिल्म प्रति दर्शकको औधि आकर्षण छ । फिल्मको नामले नै एक किसिमका दर्शक हलको टिकेट काउन्टरसम्म आइपुग्ने गर्छन् । यस्तै फिल्ममा पर्छ ‘कबड्डी’ सिरिज । सानो सुरुवातबाट बनेको फिल्म यतिबेला नेपालको एउटा ब्रान्ड बनिसकेको छ । फिल्मको घोषणासँगै यसलाई दर्शकले पर्खिरहेका हुन्छन् । यसको उदाहरण कबड्डीको चौथो सिरिजले बक्सअफिसमा गरिरहेको कलेक्सन हो । ‘कबड्डी’ भन्ने वितिकै सबैले सम्झिने पात्र हो, ‘काजी’ ।

काजीले मैयाँ अर्थात् आफ्नो सोल्टिनी प्राप्तिको लागि गर्ने संघर्षलाई निर्देशक रामबाबु गुरुङले मुस्ताङको स्वादमा ‘कबड्डी’ सिरिजमा पस्किने गरेका छन् । र, उनलाई लेखनमा साथ दिएका छन् उपेन्द्र सुब्बाले । फिल्मको पात्र र उसले बोल्ने संवादको कारण पनि यो सिरिज दर्शकमाझ लोकप्रिय छ । यसैको चौथो सिरिज ‘कबड्डी’ : द फाइनल म्याच’ प्रदर्शनरत छ । नेपाली फिल्मको लागि मार्क नगरिएको डेटमा आएको फिल्मले बक्सअफिसमा १७ करोड बढीको ग्रस कलेक्सन गरेको वितरकहरूले दाबी गरिरहेका छन् । फिल्मको कलेक्सन २० करोडसम्म पुग्ने अनुमान गरिएको छ । कबड्डीको चौथो सिरिजलाई ‘द फाइनल म्याच’ भनिएकोले पनि दर्शकले अपार माया दिइरहेका छन् । यसपछि फिल्मको सिरिज अगाडि बढ्छ कि बढ्दैन रु भन्ने जिज्ञासा दर्शक झैँ फिल्मकर्मीलाई पनि छ । फाइनल म्याच भनिएकाले कथालाई अगाडि बढाउने वा नबढाउने भन्ने दोधारमा निर्देशक गुरुङ पनि छन् । ‘हामीले यसका मुख्य पात्रा काजी अर्थात् दयालाई के होला ? भनेर सोधेका थियौँ’ । उनले भने, ‘कबड्डी नाममै अर्को सिरिज आउन पनि सक्छ । तर, अहिलेलाई यो कथालाई यहीँ सकाउने सल्लाह भएको हो ।’

No description available.उनले समयसँगै काजीको सोचमा आएको परिवर्तन अब प्रेमकै पछाडि लाग्न नसुहाउने बताए । ‘काजी’ मा पनि त परिवर्तन आएको छ । अब पहिले झैँ मैयाँ वा सोल्टिनीको पछाडि मात्र लाग्दा काजी टाइपकास्ट हुन्छ’ दयाले भने । उनले केही वर्षको अन्तरालमा कबड्डीलाई मित्रताको कथाबाट अगाडि बढाउने इच्छा जाहेर गरे । कबड्डी देखि नै दयासँगै देखिँदै आएका विजय बराल र बुद्धि तामाङसँग पनि दर्शक कनेक्ट छन् । काजी झैँ उनीहरूको भूमिका पनि ‘कबड्डी’ मा अनिवार्य छ । उनीहरूले एक आपसमा हरेक सुख दुखमा सघाउने गरेका छन् । उनीहरु आफ्नो परिवार झैँ एक अर्काको सारथी बनेका छन् । दया काजीलाई प्रेमीसँगै साथी पनि देख्छन् । सम्पन्न परिवारको भएकोले काजीले साथीलाई सहयोग पनि गर्ने गरेको छ । ‘कबड्डी’ मा काजीको मित्रतालाई देखाउ भन्ने लागेको छ ।

यद्यपि त्यो अहिले होइन । दशकपछि मसँगै विजय र बुद्धिको पात्रलाई पर्दामा ल्याइयोस् भन्ने लागेको छ’ दयाले भने । उनले तीन पात्र र उसले भोगेको समयलाई दशकपछि पर्दामा देखाउदा छुटै आनन्द आउन सक्ने बताए ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ३ : ०५ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य