दुई महिनादेखि सम्पर्कविहीन रहेका एक नेपालीको शव पोर्चुगलकाे समुन्द्री तटमा भेटियो  « Khabarhub

दुई महिनादेखि सम्पर्कविहीन रहेका एक नेपालीको शव पोर्चुगलकाे समुन्द्री तटमा भेटियो 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- करिब दुई महिनादेखि पोर्चुगलमा हराइरहेका एक नेपालीको शव समुन्द्री तटमा भेटिएको छ ।

नुवाकोट बेलकोटगढी–१२ का सुजन सिलवाल अप्रिल १५ देखि सम्पर्कविहीन रहेका थिए । उनको शव पोर्चुगलको समुन्द्रीमा तटमा फेला परेको हो । प्रहरीले बिहीबार मात्रै शवको पहिचान गरी एनआरएनए पोर्चुगललाई खबर गरेको थियो ।

सिलवालको शव अहिले अस्पतालमा राखिएको छ । सिलवाल रोजगारीको सिलसिलामा करिब ७ वर्ष अघि पोर्चुगल पुगेका थिए। सिलवाल परिवारको सम्पर्कमा नआएपछि परिवारकै आग्रहमा एनआरएनए पोर्चुगलले पोर्चुगलभरि खोजीकार्य सुरु गरेको थियो ।

सिलवाल हराएको झन्डै दुई महिनापछि ९ जुनका दिन पोर्चुगल प्रहरीले एनआरएनए पोर्चुगल अध्यक्ष रविन अधिकारीलाई शव भेटिएको बारे जानकारी गराएको थियो । सिलवाल हराएपछि परिवारको आग्रहमा एनआरएनए पोर्चुगलले प्रहरीमा खबर गर्नुको साथै एनआरएनए पोर्चुगलले पोर्चुगलभर सिलवालको फोटोसहितको पम्प्लेट र सूचना टाँसेर अभियान खोजी अभियान चलाएको थियो ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ३ : ३८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार