को बन्लान् नयाँ जेम्स बोन्ड ? « Khabarhub

को बन्लान् नयाँ जेम्स बोन्ड ?


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडमा सफल सिरिजमध्येको एक हो ‘जेम्स बोन्ड’  । स्पाई थ्रिलर यो फिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सिरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफूलाई जेम्स बोन्डको रूपमा अगाडि ल्याइसकेका छन् । पछिल्लो समय बोन्डको रूपमा ड्यानियल क्रेग छन् । उनी सन् २००६ मा रिलिज भएको फिल्म ‘क्यासिनो रोयल’ देखि नै जेम्स बोन्डको भूमिकामा देखिँदै आएका छन् । जेम्स बोन्डका रूपमा क्रेगको अन्तिम फिल्म ‘नो टाइम टु डाइ’ रहेको थियो । उनको अन्तिम फिल्म भनिएसँगै नयाँ जेम्स बोन्ड को बन्नेछन् भन्ने चर्चा फिल्मीप्रेमी दर्शकमाझ छ । 

ब्रिटिस जासुस जेम्स बोन्डको चरित्रमा आधारित रहेको शृंखलाको ‘नो टाइम टु डाइ’ २५ औं फिल्म हो भने क्रेगको बोन्डका रूपमा पाँचौं । जेम्स बोन्ड हलिउडको सबैभन्दा लामो चलेको शृंखलामा पर्छ । लेखक इयान फ्लेमिङले सृजना गरेको एजेन्ट जेम्स बोन्डको चरित्रमा अभिनय गर्ने क्रेग छैटौँ कलाकार हुन् । डेनियलले आफ्नो ‘जेम्स बोन्ड’ करियरमा केही उत्कृष्ट फिल्महरू दर्शकलाई दिए । त्यही कारण अब आउने नयाँ  ‘जेम्स बोन्ड’ लाई डेनियलको पाइला पछ्याउन उत्तिकै चुनौतिपूर्ण छ । यो एक अत्यन्त महत्वपूर्ण कास्टिङ निर्णय हो । बक्सअफिसमा राजस्वको ठूलो रकम संकलन गर्न सही अभिनेता छनोट गर्न अतिआवश्यक भइसकेको छ ।

डेलीमेलले हालै एक रिपोर्टमा टम एलिसलाई नयाँ बोन्डको रुपमा देख्न सकिने संकेत गरेको छ । नेटफ्लिक्सबाट प्रसारण भइरहेको ुलुसिफरु सिरिजमा डेभिलको अभिनय गरिरहेका टमलाई सम्भावित बोन्डको रुपमा हेरिएको छ । उनको हाइट , व्यक्तित्व , स्वभावले पनि उनलाई बोन्ड बनाउन सकिने संकेत डेलीमेलको रिपोर्टमा छ । टम पनि जेम्स बोन्ड झैँ आफ्नो सिरिजमा फर्मल ड्रेसमा देखिने गरेका छन् ।  यस्तै जेम्स बोन्ड बन्ने लिस्टमा अभिनेता टम हार्डे अगाडि छन् । उनले ‘लिजेण्ड’, ‘म्याड मेक्सः फरी रोड’ जस्ता फिल्ममा अभिनय गरेका छन् । अर्को सम्भावित अनुहारमा ४९ वर्षे इडरिस एल्बा पनि छन् । ‘द वायर’मा स्ट्रिन्जर बेलको भूमिकाले उनलाई अत्याधिक लोकप्रिय बनायो ।  उमेरले ३३ मा हिँड्दै गरेका ब्रिजरटन स्टार रेगे–जीन पेज जेम्स बोन्ड बन्नका लागि खराब अनुहार होइनन् । 

‘गेम अफ थ्रोन्स’ स्टार रिचर्ड म्याडेन पनि जेम्स  बोन्ड बन्ने दौडमा छन् । उनी बीबीसी ड्रामा ‘बडीगार्ड’ बाट अभिनयमा उदाएका कलाकार हुन् । ‘म्याकमाफिया’ स्टार जेम्स नोर्टोन पनि बोन्ड बन्ने प्रतिष्पर्धामा छन् । ‘फिफ्टी सेड्स अफ ग्रे’ का आइरिस अभिनेता जेमी डोर्नेन ,टेलिभिजन सिरिज ‘टेकन’ का क्लिभ स्टेण्डेन, ‘क्रेजी रिच एसियन्स’ स्टार हेनरी गोल्डिङ, ‘सुपरमेन’ अभिनेता हेनरी केभिललाई पनि बोन्ड बन्ने दौडमा छन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ३ : ४१ बजे

मलेसिया उड्न लागेका एनएसीका कर्मचारी ठूलो परिमाणमा विदेशी मुद्रासहित समातिए, २६ पटक गइसकेका थिए विदेश

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ

भारतीय विदेश मन्त्रालयको टिप्पणीपछि प्रधानमन्त्रीसँग भीम रावलले मागे जवाफ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले

पूर्णबहादुरको पुरानै सक्रियताले गगनलाई समस्या

काठमाडौं- गत पुस मसान्तमा नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत् नेतृत्व

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन अवरोध जारी रहन्छ : प्रमुख सचेतक थापा

काठमाडौं– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले संसद्मा दिएको

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ

काठमाडौं–  प्रतिनिधिसभाकी सत्तापक्ष सांसद आशिका तामाङले राष्ट्रियताजस्ता संवेदनशील विषयमा सत्ता