बागलुङका रेष्टुराँ र शो–रुममा निःशुल्क शौचालय « Khabarhub

बागलुङका रेष्टुराँ र शो–रुममा निःशुल्क शौचालय


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या बढेपछि यहाँका रेष्टुराँ र शो–रुमका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन थालिएको छ । होन्डा नेपालको शो–रुमले सर्वसाधारणका लागि निःशुल्क शौचालय सेवा सुरु गरेको केही दिनमै सदरमुकामस्थित वल्ड हाउस क्याफे एन्ड लाउन्जले शुक्रबारदेखि निःशुल्क शौचालय उपलब्ध गराएको हो ।

क्याफेको अघि सडक छेउ निःशुल्क शौचालय सेवा लेखेर सङ्केत पाटी सेवा सुरु गरिएको क्याफे व्यवस्थापनले जनाएको छ । क्याफेका सञ्चालक सञ्जय खड्काले बजारमा हिँड्डुल गर्ने जो कोहीले पनि क्याफेमा रहेको शौचालय प्रयोग गर्न सक्ने बताए। “हुन त पहिले पनि बाहिरी मान्छे आउँदा शौचालयमा त्यस्तो रोकतोक थिएन, अहिले सबैलाई सहज होस् भनेर बोर्ड नै राखेर जानकारी दिएका हौँ,” उनले भने, “हामीले सुरु गरिसकेपछि बजारका अरू पनि प्रेरित होलान् कि भन्ने लागेको छ ।” सञ्चालक खड्काले बजारमा ओहोरदोहोर गर्ने सर्वसाधारणले सार्वजनिक शौचालय नहुँदा समस्या झेलिरहेकाले आफू निःशुल्क शौचालय सेवा दिने सोचमा पुगेको उल्लेख गरे। उनले सदरमुकाममा एउटा पनि सार्वजनिक शौचालय नहुनु दुःखद रहेको टिप्पणी गरे ।

होन्डाको शो–रुम सञ्चालन गरिरहेको यादव ब्रदर्सले बागलुङ नगरपालिका–२ पुरानो बसर्पाकमा यसअघि नै सार्वजनिक शौचालय सेवा सुरु गरिसकेको थियो । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहले होटल, रेष्टुराँलगायत व्यावसायिकस्थलका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने घोषणा गरेसँगै होन्डा नेपालले देशभरका शो–रुमहरुमा निःशुल्क शौचालय सेवा दिने घोषणा गरेको थियो ।

कम्पनीले ‘परिवर्तन सुरु हुन्छ हामीबाट’ भन्दै निःशुल्क शौचालय सेवा सुरु गरेको हो । यहाँको यादव ब्रदर्सले भने ‘जिम्मेवार नेपाली म’ भन्ने आदर्श वाक्यसहित आफ्नो शो–रुमको शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको छ ।

बिस्तारै निजी क्षेत्रका अरू व्यावसायिक सङ्घसंस्थाले पनि सार्वजनिक शौचालयको अवधारणमा सघाउने विश्वास लिइएको छ । बढ्दो आवादी र तीव्र बजारीकरणका बीच यहाँ सार्वजनिक शौचालयको अभाव खड्किएको छ ।

बागलुङ नगरपालिकाले सदरमुकामको समीक्षालयरोडमा केही वर्षअघि बनाएको सार्वजनिक शौचालय प्रयोगमा नआई जीर्ण बनेको छ । सार्वजनिक शौचालय नहुँदा सबैभन्दा बढी गाउँबाट झर्ने सर्वसाधारणलाई सास्ती छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ३ : ५४ बजे

पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट

पाल्पा- लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे

चितवनमा सोमबारदेखि मौरी सम्मेल हुँदै

चितवन– मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तर्राष्ट्रियस्तरमा बहस गर्न

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’

बागलुङ– नेपाल पत्रकार महासङ्घ बागलुङद्वारा आयोजित ‘बागलुङ मिडिया मेला’ १०

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान सूचीकरण गर्ने

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः

भलिबलको एउटै टिममा परिचारका चार सदस्य

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका